गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व केन्द्रिय उपाध्यक्ष कुल आचार्यले नेपालमा आन्दोलनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसंग माग गरेका छन्। संचारकर्मीहरु संग कुरा गर्दै आचार्यले उक्त माज गरेका हुन्। प्रवासका नेपालीले पनि डाक्टर केसीको पक्षमा आवाज उठाउनु पर्ने आचार्यको तर्क छ।
एक वार्ता समिति गठन गरी उहाँका मागहरुलाई तत्काल सम्बोधन गर्न नेपाल सरकारलाई आचार्यले अपिल गरेका छन् ।
"डा. गोविन्द केसी सबै नेपालीले श्रद्धा र सम्मान गर्ने नाम हो। नेपालको चिकित्सा क्षेत्रमा सुधार, कर्णाली प्रदेश लगायत देश भरि नै गुणस्तरीय स्वास्थ्य सेवामा जनताको पहुंच जस्ता मागहरु राख्दै डा. केसी १९ औं आमरणमा बस्नु भएको आज २३ औं दिन हो। यति लामो समयसम्म सरकारले उहाँका मागहरु सम्बोधन गर्न एउटा वार्ता समिति समेत गठन नगर्नु दुखको कुरा हो," आचार्यले भने।