Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल -लोकेन्द्र गुरुङ दुबो

गजल -लोकेन्द्र गुरुङ दुबो

नेप्लिज डायस्पोरा

२५, आश्विन २०७७
images
गजल -लोकेन्द्र गुरुङ दुबो

 

कता फलाकूँ आफ्नो कहानी सुनिदिने कोही भएन ।
म यस्तै हुँ बदलिनु छैन बानी बुझिदिने कोही भएन ।

दुनियाँले जसरी जियो जिन्दगी म सक्दिन त्यसरी,
मेरो यो दुनियाँको जिन्दगानी लेखिदिन कोही भएन ।

दोष मेरो भाग्य र कर्म दुबैको हो छैन अरूको जस्तो,
निधारमा कोरिएको त्यो लेखान्त मेटिदिने कोही भएन ।

आफै एक्लिएकोछु न हाँस्न सके न रुन सके जीवनमा,
बिरक्तिएको देखेर आफ्नो ठानी उठिदिने कोही भएन ।

र त आज थोत्रिएको लुगा झै कुनाभित्र कोचिएकोछु,
अंगालोमा आफ्नो ठानी-मानी बेरिदिने कोही भएन ।


- इटहरी, सुनसरी

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - ०८:५३:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend