Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गाईजात्रा (लघुकथा) ✍️ गंगा दाहाल न्यौपाने

गाईजात्रा (लघुकथा) ✍️ गंगा दाहाल न्यौपाने

नेप्लिज डायस्पोरा

२५, आश्विन २०७७
images
गाईजात्रा (लघुकथा)  ✍️ गंगा दाहाल न्यौपाने

 

एकजना पत्रकार विकट गाउँमा अन्तर्वाता लिन पुगेछन् । सामान्य चिनापर्चीपछि कुराकानी शुरु भयो ।

"धनबहादुरजी ! तपाईंकी छोरी मालतीले आफ्नो त्यति माया गर्ने श्रीमान् र त्यति कलिलो बच्चा छोडेर निर्मायासित भागेर कसरी यहाँ आउन सकिन् ? त्यति कलिलो बच्चाप्रति अलिकति पनि दया पलाएन आमाको ? कति निर्दयी बन्न सकेकी ? मालतीलाई यस्तो गर्न कतै तपाईंले त उकासिरहनु भएको त छैन ? "
केही महिना अघि सहर पसेका भए पनि सामान्य मुटावमा धनबहादुरकी छोरी मालती माइत आएपछि ज्वाइँ एक्लैले उता आफ्नो छोरा सम्हाल्दै आएका थिए ।

धनबहादुरले भने, " हेर्नुस् हजुर, मेरी छोरीको कुनै गल्ती छैन । त्यो ज्वाइँ भनाउँदो फटाहाले छोरीलाई दिनैपिच्छे निलडाम हुने गरी पिट्दाे रहेछ । सधैं छोरीले रुँदै फोन गर्दा कुन आमाबाबुको मन रुँदैन र ? त्यसैले मैले उनलाई बोलाएको हुँ । "

पत्रकारले जिज्ञासा थपे , " ती एक्लो बाबुलाई बच्चा पिठ्यूँमा राखेर मजदुरी गर्न कति गाह्रो भएको होला तपाईहरूको मन कत्ति खाएन ?"

" मेरा बा म ६ वर्षको हुँदा बित्नुभएको हो । हामी ४ छोराछोराछोरी मध्ये कान्छी बहिनी ३ महिनाकी मात्र थिइन् । मेरी आमाले कसैलाई पिठ्यूँ त कसैलाई डाेहाेर्याउँदै निमेक गरेर हुर्काउनु भयो । खाना खाँदा नथपून् भनेर 'जसले ढिलो खायो र थप्न मागेन त्यो राजा हुने है !' भन्नुहुन्थ्यो । त्यतिबेला मेरी आमाको दु:ख कसैले देखेन । यस्ता अनेकौ उदाहरण छ्न् , हाम्रो जीवनमा ! अहिले एउटा सानो घटनामा समाज ऊप्रति किन अन्धो दया देखाउँछ ?" धनबहादुरले प्रतिप्रश्न गरे ।

त्यसैबेला मालती आइपुग्छिन्, " पत्रकार महाशय !, हामी जीवनमा कतिसँग झगडा गर्छौ र मिल्छौ पनि ! परिवारको सामान्य झगडालाई पहाड जत्रै बनाएर हाम्रो मिलन अझ जटिल नबनाई दिनुस् । सान्तिना मुटावलाई व्यापारिक समाचार बनाएर पत्रकारहरूले जिन्दगी गाईजात्रा बनाइदिएका छन् । हामी आफ्नो घरायसी समस्या आफै समाधान गर्न सक्छौ तपाईंको गाईजात्राको पात्र हुनुछैन । "

- शान्तिनगर, काठमाण्डौं ।

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - ०९:०३:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend