सिफारिस १.
" सम्मानित एवं पुरस्कृत व्यक्तित्वहरूको नामावली गोप्य नै राखौं ।" भनी बैठक टुंगियो । बैठकमा चर्को बिरोध गर्नेले नै पुरस्कृत व्यक्तित्वलाई फोन गर्यो, " ल बधाई छ ! मेरै सिफारिसमा हजूरलाई सम्मान गर्ने निर्णय भएको छ ।"
"के हुन्छ त सम्मानमा ?" प्रश्न अायो ।
" हजूरलाई दोसल्ला, सम्मान-पत्र र नगद पुरस्कार अरूलाई सम्मान-पत्र र खादा मात्रै हो ।"
"सिफारिसका लागि धन्यवाद !" प्रत्युत्तर अायो ।
सिफारिस २.
सिफारिस समितिका संयोजकले सम्मानित एवं पुरस्कृत व्यक्तित्वको नामावली निर्णयार्थ प्रस्तुत गर्दा उस्ले भन्यो, "सिफारिस अाफ्नो मान्छेको होइन, योगदानमा अाधारित हुनुपर्छ । सिफारिसमा सम्मान पुरस्कार दिन पनि हुँदैन र लिन पनि हुँदैन् ।"
बैठक सकिएपछि उस्ले संयोजकलाई सुटुक्क भन्यो, "तपाई धेरै संस्थामा हुनुहुन्छ, यसो कुनै संस्थाबाट मलाई पनि सम्मान पुरस्कारको लागि सिफारिस गर्नु भए पनि त हुन्छ नि ! "
सिफारिस ३.
"स्थानीय होस या राष्ट्रिय अचेल सम्मान पुरस्कार सस्तो भएको छ । योगदानको कुनै कदर छैन् । सिफारिसका अाधारमा जस्तालाई पनि दिइन्छ । सिफारिसमा पर्न अाफ्नो मान्छे हुनुपर्छ । यस्तो सिफारिसको सम्मान पुरस्कार लिनु भन्दा नलिनु नै बेश हुन्छ ।"
उसले बेला-बेलामा यस्तै भाषण गर्दै अाएको छ ।अहिले ऊ अाफै सिफारिसमा परेर सम्मानित एवं पुरस्कृत भएको छ । अब हेर्न बाँकी छ - अाफ्नाले सिफारिस गरेर पाएको यो सम्मान तथा पुरस्कार उस्ले लिन्छ या लिदैंन ?
- तानसेन, पाल्पा