Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

लगन गाँठाे (लघुकथा) ~डा. विदुर चालिसे

लगन गाँठाे (लघुकथा) ~डा. विदुर चालिसे

नेप्लिज डायस्पोरा

२५, आश्विन २०७७
images
लगन गाँठाे (लघुकथा)  ~डा. विदुर चालिसे

विजयले अजितालाई एकदिन लामाे समयकाे प्रेम सम्बन्धपछि विहेकाे प्रस्ताव राख्याे ।
--"अब हामी प्रेम बन्धनमा बाँधिएकाे दश वर्ष भयाे । हाम्राे पढाइ पनि सकियाे । दुवै जना सक्षम पनि छँदैछाैँ । विवाह बन्धनमा बाँधियाैँ !"
विजयकाे यस्ताे प्रस्तावले अजिता लज्जाबाेधले झैँ मुस्कुराएर भनी, "सबै कुरा मिल्छ भने तयारी गराैँ न त !"
सबै कुराकानी मिलाएर वातावरण बन्याे । सबै पक्ष राजीखुसी भए । विजयले एकदिन साथीहरूलाई आफ्नाे राेचक प्रेमकथा र विहेकाे बारेमा गफ लगायाे, "जाम पासवर्डकाे मेराे आइडी खुल्ने भाे !"

सबैजना गलल्ल हाँसे । उनीहरूले विजयकाे विहेकाे मजामा उसलाई हाैस्याए, "दश वर्षपछि खुलेकाे पासवर्डकाे कार कस्ताे आउँछ त ?"

घर फर्केकाे विजयकाे मनमा एकाएक अजिताकाे बाबुले दिने दाइजाेकाे कार चढेर विहेमा अन्मिने र साथीहरूलाई देखाउने इच्छा जागृत भयाे । भाेलिपल्ट आफ्नाे इच्छा सबै अजिताकाे कानमा खासखुस गरेर सुनायाे । ऊ केही बाेलिन तर पनि उसले पारिवारिक हैसियतसँग सम्झाैता गर्दै आफ्नै जीवन छेउ ठूलाे निर्णय गर्न बाटाेमा बर्बराउन पुगी, "उसकाे प्रेम ! कार ? कि अजिता ??"
तर पनि उसले विहेकाे दिनसम्म चाँ चुँ नगरिकन सबै व्यवस्था गर्न परिवारसँग राेइकराई गरी । दु:खले हाेस वा सुखले अजिता मनमनै पाकिरहेकी थिई । भव्य लावालस्करकाे साथमा जन्ती आयाे । एक से एक भद्र भलादमीकाे जमघटका बीच विजयले अजितालाई सिन्दुर हाल्न पण्डित मन्त्र पढ्दै थिए । विजयले फुस्राे सिन्दुर हातमा समाएर अजितातर्फ कानेखुसी फुक्याे, "अरू सबै चिज दाइजाे छ ! तर कार चाहिँ त देखिन नि ?"

अजिताकाे मुख राताे भयाे । पण्डितले अजिताकाे राताे चेहरा देखेपछि ठट्टा गरेर भने, "लगनकाे समयमा पनि कस्ताे प्रेम हाे ?, सिउँदाेमा सिन्दुर त पराेस्, आज त पहिला सिउँदाे हाल्ने अनि बाँकि कुरा पछि !"
अजिताकाे मनकाे अदम्य साहस जुरूक्क उठ्याे, "हीन मानव !"

बाजाहरू बजिरहेका थिए । उसले एकाएक आफूले लगाएका लुगाहरू सबै फुकाली र भित्र रहेकाे कारलाई बिस्तारै छेउतिर ल्याई । अनि उसले विद्राेही इनामकाे घाेषणा गर्दै भनी, "लगन गाँठाे कसिएकाे यही हाे, लाै ! सिन्दुर हालेर लगन गाँठाे समातेर लैजानू । अब यस पापीसँग मेराे प्रेमकाे चरा मर्याे ।"

हाेहल्ला, आतस, शङ्का, निराशा, अपमान, सन्नाटा, वेदना र आक्राेसका बीचबाट अजिता जुरूक्क उठेर हिंडी । पछिपछि लागेका उसका आफन्तहरूले उसलाई चारतला मुनि खाेँचमा भेटे । खान तलासी गर्दा उसकाे हातमा एक टुक्रा कागजकाे चिर्कटाेमा लेखेकाे भेटिएकाे थियाे ।
--"स्वार्थी दुनियामा चाेखाे प्रेमकाे मृत्यु !"
विजयकाे जन्तीकाे जुलुस शाेकमग्न विहेकाे कारसँग रिसले गुडिरहेकाे थियाे । उनीहरूकाे कालाे र निलाे चेहराले बधुकाे भित्रिने साइत कुरिरहेकाे थियाे । बुझेर कुरा काट्नेहरूले ओठ फर्काएर भने, "लगन गाँठाे राम्रै बाँधिएछ !"

- काठमाण्डौ, नेपाल ।

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - ०९:०७:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend