Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सपनाहरू (कविता) - कृष्ण कुमारी छेत्री

सपनाहरू (कविता) - कृष्ण कुमारी छेत्री

नेप्लिज डायस्पोरा

२५, आश्विन २०७७
images
सपनाहरू (कविता) - कृष्ण कुमारी छेत्री

 

बिपना निख्रियो सपना बिग्रियो
झुटो सपना देख्छु
देखेका यी सपनाहरूलाई
कलम उठाई लेख्छु ।

बास, गाँस र कपासहरूमा
तुवाँलो परेको देख्छु
सारा मनको ईच्छाहरूलाई
हृदयबाट नै छेक्छु ।

बाहिर बत्ती झिली र मिली छन्
मनै निभेको देख्छु
हुनेकै छन् बलिया पाखुरा
लुतेलाई छैन लेख्छु ।

म भए त स्वर्ग बनाउँथे
भनेको कानमा सुन्छु
सुनेपछि त आगो बल्छ
भत्काउन मनमा गुन्छु ।

कसो गरी यो एकता बनौं त
अनेकता छिन्न भिन्न
म त उस्तो होइन मित्र
विचार आउँछ विभिन्न ।

यसरी मनमा मेल नखाँदा
विकासको मुहान छेक्छु
छेक्छु छेक्छु आफै लेख्छु
सपनाहरू बिग्रेकै देख्छु !!

- चुङथुङ टी इ दार्जिलिङ्ग (भारत)


26september 2020

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - ०९:०८:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend