मुक्तक - १.
माइतिघर मण्डेलाको झार कति सुक्सुकाउँदो
शितल निवास र बालुवाटार कति सुक्सुकाउँदो
जनताका गाला भने चाउरी पर्दैछन् दिन दिन
उता राज गर्ने नेताको मुहार कति सुक्सुकाउँदो ।
मुक्तक - २.
आँखाभरी अश्रुधारा झारी जानुपर्छ
इच्छा, ममता पर पर सारी जानुपर्छ
पढे पनि गाह्रो छ यहाँ रोजगारी पाउन
जहाज चढी सात समुद्र पारी जानुपर्छ ।
मुक्तक - ३.
हिँड्दै जान्छु नजिकैको बाटोले बताउँछ
तिम्रा पाइला चालिएका माटोले बताउँछ
किन सोधूँ म अरूलाई तिम्रो खबर प्यारी,
मभित्रको मेरै दिलको खाटोले बताउँछ ।
मुक्तक - ४.
आश लाग्नेले पत्याइ दिएनन गुनासो एउटै छ
गरेको बिन्ति मनमा लिएनन् गुनासो एउटै छ
हालत सबै सुनाउँदा पनि किन चुपचाप भैदिए,
कोही मनकारी थिए, थिएनन् गुनासो एउटै छ ।
मुक्तक - ५.
विद्वान रिसाए पनि गरम कहिल्यै हुन्न
मुर्खलाई उता फेरि शरम कहिल्यै हुन्न
नजिकै बसेरै पनि बानी कहाँ सर्छ र ?
काँडा फूल जस्तो नरम कहिल्यै हुन्न ।
- बिराटनगर-५, नेपाल