(छन्द- मन्दाक्रान्ता)
अन्धो हो यो अवनतितिरै तान्छ अावेग जैलै
।
भेडा जस्तै अबुझ जङ हो भीरमा कुद्छ अाफै
।।
कालो कालो दिनतिर लगी ढाल्दछ क्रोधले नै
।
थोरै सोचे पनि हृदयले बिघ्न रोकिन्छ धेरै ।।१।।
क्रोधी बन्छन् मनुज बदला भाव जन्मेर खास
।
मौरी जस्तै रिपुसित लडे हुन्छ अाफ्नै विनाश
।।
तातो तातै नगर हमला धैर्य हो बुद्धिमानी
।
टोक्यो भन्दै कुकुरतिर के टोक्न जाला र ज्ञानी ।। २।।
हाँसो नै हो सघन तरिका जित्दछौँ क्रोधलाई
।
गोली हान्ला र रिपु कसरी उभ्भिए मुस्कुराई
।।
अात्मालाई सहन नपरोस् चेतनाको खडेरी
।
क्रोधी ज्वाला दनदन बले सुक्छ यो जिन्दगानी ।।३।।
जुध्ने हो वा मलम भरने चोट लाए खुँडाले ?
लात्ती होला विजय कसरी धारमा हान्न थाले
।।
आफ्नै हुन्छ क्षति यति बुझी गर्दछौ के लडाई
।
उर्लेको त्यो भनन खहरे टिक्छ के गड्गडाई ।।४।।
ईर्ष्या त्यागी बस मनुज हो के मुनाफा रिसाई
।
कोर्दा अर्को वदन कसरी जल्छ आफैँ सलाई
।।
छोराछोरी मगज भरियून् दिव्य वाणी बुवाको
।
मान्छेको यो अवनिभरमा क्रोध हो शत्रु ठूलो ।।५।।
- सुन्दरहरैंचा -२ , मोरङ्ग हाल : यूएई