बिभिन्न मागहरु राख्दै अनसनमा बसेका डाक्टर केसी र सरकारबीच सहमति भएपछि देश बिदेशमा खुशियाली छाएको छ। नेपाल सरकारले डाक्टर केसीसंग सहमति गरेको यो नै पहिलो भने होइन। पटक पटक भएको छ र ती सहमतीहरु पालन नभएका धेरै उदाहरण छन्। यो पटकको सहमति धोखामा परिणत नहोस भनेर सर्बत्र निगरानी शुरु पनि भएको छ।
यहि बिषयमा युएस नेपाल पोलिसी रिसर्च सेन्टरले डाक्टर केसी र सरकारबीचको सहमति धोखा नहोस भनेर खबरदारी स्वरूप प्रेस बिज्ञप्ति सार्बजनिक गरेको छ। सेन्टरका अध्यक्ष डाक्टर राजन पन्तद्वारा जारी बिज्ञप्ति जस्ताको तस्तै :
डा केसी र सरकारको लिखित सहमतीमा धोका नहोस
स्वास्थ्य-शिक्षा र सेवा सुबिधामा सबै नेपालीको सहज पहुंचका लागि लामो समयदेखि आवाज उठाइरहनु भएका बरिष्ठ हाडजोर्नी बिशेषज्ञ डा. गोबिन्द केसी र नेपाल सरकार बिच लिखित संझौता भइ डा. केसीले १९ औ पटकको अनसन २८ दिनमा तोड्नु भएको सुखद खबरको स्वागत गर्दछौं । तर डा. केसीले फेरि भविष्यमा अनसन बस्न नपर्ने गरी भएका र गरिएका संझौता र सहमतीको इमान्दार र सार्थक कार्यान्वयनका लागि सरकारबाट पहल हुनु महत्वपूर्ण हो भन्ने युएसएनपीआरसी को धारणा छ । अहिले कोभिड १९ को स्वास्थ्य महामारी र सरकारबाट भएको ब्यवस्थापनको भयावह अवस्थाले पनि डा केसीले उठाउदै आउनु भएका विषय र मागहरु पुरा गरिनु कति महत्वपूर्ण छ भन्ने पुष्टी गर्दछ । अत: भएका सहमती कार्यान्वनन र सुधार तर्फ सरकार यथासिघ्र अग्रसर होस, र फेरि धोका नहोस भन्ने आग्रह गर्दछौं । धन्यबाद्,
राजन पन्त, पीएचडी, अध्यक्ष
सुमन पराजुली, पीएचडी, कार्यकारी सचिव
११ अक्टोबर २०२०, अमेरिका