शान्ति अर्याल अधिकारी
लिस्बन पोर्तुगल
अनेसास पोर्चुगलले सामाजिक संजाल मार्फत लाईभ गजल साँझ २०२० सम्पन्न गरेको छ। अनेसास पोर्चुगल गजल साँझ २०२० मा अग्रज गजलकार बूँद राना, डा. घनश्याम परिश्रमी , हुँसैन खाँ र आवाज शर्माको उपस्थिति रहेको थियो।
करिब ३ घण्टाको कार्यक्रममा गजल सम्बन्धि बहस र अग्रजका ५ / ५ वटा गजल गरेर २० गजल सुनाइएको थियो। त्यस्तै प्रतिक्रिया मार्फत बिभिन्न गजल पारखीहरूले गजल बारे भिन्न भिन्न प्रश्न राखेका थिए भने अग्रजहरूले त्यसको जवाफ दिनु भएको थियो।
अत्यन्तै मनमोहक ढंगमा अनेसास पोर्चुगलका अध्यक्ष स्पन्दन बिनोदद्वारा संचालन गरिएको अनेसास पोर्चुगल गजल साँझ २०२० कार्यक्रममा दर्शकहरूको भब्य उपस्थिति रहेको थियो। गजलकार डा. घनश्याम परिश्रमीले यसरी अग्र पंक्तिका गजलकारहरूलाई एकै साथ एकै ठाउँमा राखेर गजल बहस गरिएको कार्यक्रम अति सान्दर्भिक , एतिहासिक र पहिलो कार्यक्रम रहेको प्रतिक्रिया दिँदै गजलकार स्पन्दन बिनोद र अनेसास पोर्चुगललाई यस कार्यक्रम आयोजना गरिदिनु भएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्नु भयो।
त्यस्तै अग्रज गजलकार बूँद राना, हुँसैन खाँ र आवाज शर्माले पनि कार्यक्रमको मुक्तकण्ठल् प्रशंसा गर्दै अनेसास पोर्चुगललाई हार्दिक धन्यवाद दिनु भएको थियो। गजल साँझ कार्यक्रममा उपस्थित अग्रज गजलकारहरूलाई अनेसास पोर्चुगलले धन्यवाद ब्यक्त गर्दै सम्मान पत्रका साथ सम्मान समेत गरेको छ। कोरोना कहरका बिच गरिएको यो कार्यक्रम उत्कृष्ट कार्यक्रम बनेको छ।