बिर्सिनु पर्नेलाई सम्झिएर गल्ती गरियो
मर्म नबुझ्नेलाई मन दिएर गल्ती गरियो ।
घमण्ड बोकेर हिँड्ने त्यो नदीले छोडेन
आफू किनारामा उभिएर गल्ती गरियो ।
अटल बस्नुपर्ने रहेछ सगरमाथा जसरी
सूर्यमुखी फूल झैँ ढल्किएर गल्ती गरियो ।
पत्थर बन्नुपर्ने रहेछ प्यारको मामिलामा
आफू मैनबत्तीझैँ पग्लिएर गल्ती गरियो ।
राख्नु रैछ घाइते भए नि मुटु आफैंसँग
निष्ठूरीलाई मुटु सुम्पिएर गल्ती गरियो ।
- पोखरा, कास्की ।