Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

भडाउनेहरू देखेँ यहाँ - शान्ति अर्याल अधिकारी (५ मुक्तकहरू)

भडाउनेहरू देखेँ यहाँ - शान्ति अर्याल अधिकारी (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

१७, कार्तिक २०७७
images
भडाउनेहरू देखेँ यहाँ - शान्ति अर्याल अधिकारी (५ मुक्तकहरू)

 

मुक्तक - १

खेतहरूमा सुनौला ती धानका बाला झुलेको देख्दा
रोकिएर लामो बर्षा निलो आकाश खुलेको देख्दा
आहा ! साँच्चिकै दशैं आए जस्तै लाग्थ्यो, चारैतिर
पिङ् राखी भञ्ज्याङ्गमा केटाकेटी भुलेको देख्दा ।

मुक्तक - २

थरी थरी रङ्ग लगाई घर सिंगार्ने चटारो देख्दा
वरिपरि सबैतिर सरसफाई गर्ने झटारो देख्दा
रङ्गीचङ्गी गाउँघर पनि साँच्चै दशैं आए झैं लाग्थ्यो
शहर छोडी सबै जना गाउँ फर्किने हतारो देख्दा ।

मुक्तक - ३

मुखमा रामराम बगलीमा छुरा, चलाउनेहरू देखेँ यहाँ
उकास्नु त कता कता, चिप्ल्याएर लडाउनेहरू देखेँ यहाँ
मौका पाए चौका हान्न सबै तयार हुँदा रहेछन्
मित्रताको खोल ओढी भित्र भित्रै भडाउनेहरू देखेँ यहाँ ।

मुक्तक - ४

माया भन्ने चीजै यस्तै, शुरूमा अन्धो हुन्छ भन्छन्
अनायसै एक अर्काको अन्तर मन छुन्छ भन्छन्
त्यही मायाले धोका दिई, घर न घाटको हुँदा भने
तिम्रै हुँ भन्ने पनि डेरा सरी,अन्तै जाल बुन्छ भन्छन् ।

मुक्तक - ५

धुम्म हुनेछ त्यो दिन हराएको घाम हुनेछ
मलामीको लस्कर मुखमा सबैको राम राम हुनेछ
सनाखत भएपछि आखिर पोष्टमार्टम नै गर्लान्
नियालेर हेर्नु मलाई मुटुमा तिम्रै नाम हुनेछ ।

- बगनासकाली गापा - ४ पाल्पा,
हाल : लिस्बन पोर्तुगल ।

images
प्रकाशित मिति :कार्तिक १७, २०७७ सोमवार - १८:३८:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend