निर्वाचित हुन आवश्यक मत प्राप्त गरेपछि अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाईडेनले सनिबार साँझ ८ बजे पहिलो पटक सार्बजनिक सम्बोधन गरेका छन्।
ईतिहास मै धेरै मत दिएर निर्वाचित गराएकोमा बाईडेनले अमेरिकी जनतालाई धन्यवाद दिए। आग्रह गरे। उनले भने, "निर्वाचनका बेला मैले पनि केहि गल्ति गरें होला। अब बिर्सेर अगाडी बढ्ने समय भयो। आजबाट र अहिलेबा। " उनले आईडेनले निर्वाचनका समयमा केही घच्चाघच्ची भएपनि अब सबै घाउहरुमा मल्हम लगाएर अगाडी बढ्न राष्ट्रपति निर्वाचित बाईडेनले आग्रह गरे। उनले भने, "निर्वाचनका बेला मैले पनि केहि गल्ति गरें होला। अब बिर्सेर अगाडी बढ्ने समय भयो। आजबाट र अहिलेबाट ।"
सोहि अवसरमा बोल्दै कमला ह्यारिसले एउटा कालो जातिकी प्रवासी अमेरिकी महिलालाई उप राष्ट्रपति बनाउने साहसलाई म सम्मान गर्दछु भनिन।कमलले भनिन, "म पहिलो महिला उपराष्ट्रपति हुँ, तर अन्तिम होइन। "
बाईडेन र कमलाले आफ्नो गृह राज्य डेलावरको विल्मिंगटनमा सहरमा आफ्नो मन्तब्य ब्यक्त राखेका हुन्। बाईडेनको आजको सम्बोधनले सबैलाई छोएको थियो। उनले अमेरिकी प्रजातन्त्रको ईतिहास र बर्तमानलाई जोडेर आफ्ना विचार राखेका थिए।
अमेरिकाको परम्परा अनुसार पराजित उमेद्वारले विजयी उमेद्वारलाई फोन गरेर बधाई दिने प्रचलन छ। तर यो पटक राष्ट्र प्रमुख समेत रहेका ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै अदालत पुगेका छन्।
बाईडेन र ह्यारिसको टिमलाई निर्वाचित भएकोमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी कै धेरै महत्वपूर्ण नेताहरुले बधाई दिईसकेका छन्। क्यानडा, ब्रिटेन लगायत संसारका धेरै देशका राष्ट्र प्रमुखहरुले बाईडेनलाई बधाई र शुभकामना संदेश पठाईसकेका छन्।