उती बेला यो मन,म सानी हुँदा,
बेग्लै थियो, कती रमाईलो थियो !
मनमा कुनै पिर थिएन, पूतली जस्तै फूरूरू होईन्थ्यो!
साथमा कोहि चाहिदैन थियो बस मन संग
मन मात्र!
साँझ झरिसके पछी पनी, फेरी
भोलि फुल्नुपर्ला भनेर मनमा उमंग बोकेर सुतिन्थ्यो ।
हावाका झोक्काहरू सुगन्धित बनेर लड्बरिदैं उडिरहन्थे,
चरिका चिरबिरी संगै बिहान हुन्थ्यो!
न कसैको प्रतिक्षामा कोहि थियो,
न त कसैलाई कोहि भेट्ने आस थियो !
अधेरी सँग पनी जुनकिरी रमाएकै थिए !
खै किन किन उती बेला पनी यो मन बेतमास
खुशी थियो!
आज तेही मन किन किन ?
साँझ झरेपछी रोएर बसेको छ,
मनमा रत्तिभर उमंग छैन, तिनै दिनहरू किन ?
भोली नभैदियोस् झै भाछ!
"म" माऊ बिनाको चल्ला जस्तो भएको छु !
"बुवा"
“तंपाई त्यो साँझको आकासको जुन जस्तै बन्नु भयो”💔
पाउनु जस्तो सजिलो गुमाउनु नहुँदोरहेछ
बिडम्बना !
हामी यती धेरै कहिलै नभेटिने गरी छुट्टियौ
“बुवा"
हजुर “जुन”अनी म जुनकिरी जस्तै भएका छौं
सम्झनामा मनहरू यसै यसै भौतारिदै छन्
कहिलै नभेटिने अनी एक अर्को संग नबोल्ने सर्तमा 💔😢🙏🏼
मेरिल्याण्ड, अमेरिका