तिम्रो सम्झनामा हर रात जाग्न थाल्या छ
मनको पिर ब्यथा आफ्नै लाग्न थाल्या छ
बिगतका मीठा कल्पनाहरूमा रमाएर होला
आफैंबाट आफ्नो मन भाग्न थाल्या छ !
घाइते यो दिल बनाएर गयौ
बॉंच्न मुस्किल बनाएर गयौ
मेरो संसार पारेर अँध्यारो
आफ्नो झिलमिल बनाएर गयौ !
तिमी जस्तै वेदनाले रूझेकी छु
जीवन के हो आज बुझेकी छु
दु:ख सुख साट्न खोज्दा धाम
ढुंगा पुज्ने उपाए सुझेकी छु !
कतै जीत कतै हार चित्त बुझाउनु पर्छ
कत्ति नमानेर हत्तार चित्त बुझाउनु पर्छ
जिन्दगीको लडाई खै कस्ले पो जित्यो र
यस्तै छ भनी संसार चित्त बुझाउनु पर्छ ।
न दशै न तिहार परदेशमा हुनीलाई
जीवन लाग्छ बेकार परदेशमा हुनीलाई
चाडबाड आउँदा घर जान नपाउँदा खेरी
चोट पर्छ लगातार परदेशमा हुनीलाई ।
- सुमन शर्मा
काठमाण्डौ, नेपाल ।