Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल ✍️हरि कंडेल

गजल ✍️हरि कंडेल

नेप्लिज डायस्पोरा

२७, कार्तिक २०७७
images
गजल ✍️हरि कंडेल

 

परिश्रमी छ ऊ कर्ममा विश्वास बनाउँछ,
अल्छि मानवले पो मनमा आश बनाउँछ,

सधैं बिजेता बन्नेले शीर्षस्थान बनाउँला,
हारेर उठ्न जान्नेले इतिहास बनाउँछ,

केहि देखाउनु र केहि लुकाउनु तिमीले,
धेरै मायाले छोराछोरी बदमाश बनाउँछ,

कसैलाई प्यार गर्नु अघि यति कुरा बुझ्नु,
घात हुँदा प्यारले जिउँदो लास बनाउँछ,

ऊ' यो जिन्दगीमा कयौं पटक हरेर उठ्यो,
मलाई विश्वास छ जिन्दगी खास बनाउँछ,


नवलपरासी

images
प्रकाशित मिति :कार्तिक २७, २०७७ बिहिवार - ०५:३९:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend