Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अनेसास नर्वेले मनायो विश्वव्यापी लक्ष्मी जयन्ती

अनेसास नर्वेले मनायो विश्वव्यापी लक्ष्मी जयन्ती

नेप्लिज डायस्पोरा

१, मंसिर २०७७
images
अनेसास नर्वेले मनायो विश्वव्यापी लक्ष्मी जयन्ती

दर्पण तिमिल्सिना

ओस्लो, नर्वे

अन्तराष्ट्रिय नेपाली साहित्य समाज नर्वेले १४ नोभेम्बरमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११२औं जन्म-जयन्ती भव्य रुपमा मनाएको छ। कार्यक्रममा विभिन्न देशमा रहेका नेपाली कवि तथा साहित्यकारहरुले आफ्ना रचना वाचन गरेर लक्ष्मी प्रसाद देवकोटा प्रति श्रदा सुमन व्यक्त गरेका थिए।

कोभिड १९ को विषम परिस्थितिका कारण भर्चुअल रुपमा भएको कार्यक्रम अनेसास नर्वेकी अध्यक्ष साहित्यकार विष्णुमाया विभुको सभापतित्व तथा बरिष्ठ साहित्यकार धनराज गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथीको रुपमा साहित्यकार एवं सशक्त नारी हस्ताक्षर कृष्ण देवी शर्मा तथा अग्रज साहित्यकार हरि पौडेल रहनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथी धनराज गिरीले नेपाली साहित्यमा लक्ष्मी प्रसाद देवकोटाले पुर्याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो। महाकवि देवकोटा मानवतावादी र जनताको कवि भएको भन्दै गिरीले उहाँ प्रति श्रदा सुमन व्यक्त गर्नुभएको थियो।

उक्त कार्यक्रममा नेपालबाट साहित्यकारहरु धनराज गिरी, कृष्णदेवी शर्मा, इशा शाह, दिव्या गिरी, ज्ञान प्रसाद भुसाल,भगवती पाण्डे, उमाकान्त पोख्रेल,यम प्रसाद भुसाल, रस्मि रिमाल लगायतले आफ्ना रचना वाचन गर्नु भएको थियो। त्यसै गरि नर्वेबाट चण्डिका पौडेल, खुम ढकाल, दिलु सिंजाली, पूर्ण चन्द्र भुसाल, पुष्पा पौडेल, दिपक खतिवडा लगायतले दिपावलीको शुभकामना सहित महाकवि देवकोटा प्रति समर्पित भएर आफ्ना विभिन्न रचना प्रस्तुत गर्नु भएको थियो।

करिब साढ़े दुइ घण्टा चलेको उक्त कार्यक्रममा नेदरल्याण्डबाट बरिष्ठ साहित्यकार हरि पौडेल, साउदी अरबबाट युवा साहित्यकार सन्तोष समीप लुइटेल, डेनमार्कबाट कवि तथा गीतकार सुदर्शन पोखरेल, अमेरिकाबाट व्यङ्ग कवि अर्जुनराज पन्त समेतले आफ्ना रचना सुनाउनु भएको थियो।

कार्यक्रमका सभापति विष्णुमाया विभुले बिगतका बर्षहरुमा जस्तै प्रत्यक्ष रुपमा उपस्थित भएर लक्ष्मी जयन्ती मनाउन नपाए पनि प्रविधिको प्रयोगसंगै यसरी संसारभरबाट नेपाली भाषा-साहित्यलाई माया गर्नुहुने व्यक्तित्वहरु लाई जोड्न पाउदा अत्यन्तै खुसी लागेको बताउनु भएको थियो। कार्यक्रम अनेसास नर्वेका सह-सचिव दर्पण तिमिल्सिनाको संचालनमा सम्पन्न भएको थियो।

images
प्रकाशित मिति :मंसिर १, २०७७ सोमवार - ०६:१०:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend