Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

न उत्साह न उमंग, फेरि पनि बिदा भए दशै तिहार ! - शान्ति अर्याल अधिकारी

न उत्साह न उमंग, फेरि पनि बिदा भए दशै तिहार ! - शान्ति अर्याल अधिकारी

नेप्लिज डायस्पोरा

३, मंसिर २०७७
images
न उत्साह न उमंग, फेरि पनि बिदा भए दशै तिहार ! - शान्ति अर्याल अधिकारी

 

बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि हाम्रा महान् चाडहरु हामीबाट बिदा भैसकेका छन् । हरितालिका तीज, दशै, तिहार जस्ता महान चाडहरू आए अनि बिदा पनि भए । तर चाडपर्वसगै आउने हर्ष, खुशी, उत्साह, उमंग र त्यो रौनकता कतै भेटिएन । तीजमा चेलीहरू माईतीको आँगन सम्म पुग्न पाएनन् । न कुनै औपचारिक कार्यक्रम हुन पाए नाचगान सामुहिक भेटघाट शुभकामना आदान प्रदान भन्ने कुरा सबै भर्चुअल मै सिमीत रह्यो । अर्को महान चाड दशै पनि सुनसान भयो । न कुनै देवालयहरूमा आरतीका धुन बजे, न भागवत् पाठ भए, यदाकदासगै हुनेले बाहेक केही कोष पर हुनेले पनि मान्यजनको हातको टिका र आशिर्वाद ग्रहण गर्न सम्म पाएनन् ।


न जमघट न भेला न आफन्त भेटघाट अनलाईन शुभकामना आदान प्रदान गरी चित्त बुझाउनु को बिकल्प रहेन । दाजु बहिनी दिदी भाई बीचको सम्बन्धलाई थप सुमधुर गराउदै लैजाने दोस्रो महान् चाड तिहार पनि भर्खरै हामी बाट बिदा भएको छ । तिज र दशै भन्दा तिहार केही फरक त देखियो तर सबैको मनमा त्यती धेरै उत्साह र उमंग देखिएन । झिलीमिली बत्ती तथा उज्यालो पर्बको रुपमा लिईने दिपावलीको प्रकाशले अध्यारिएको मनलाई केही हद सम्म उज्यालो भने पक्कै बनाएको महशुस भयो ।

केही दाजुभाईहरू प्रतिकुल समयको बाबजुद पनि दिदी बहिनीहरुको मा पुगेको देखियो । झिलीमिली बत्ती, सेल रोटी, टिका र माला लगाएका फोटोहरू पनि सामाजिक संजालमा बाक्लै भेटियो । तर चाडसँग आउने जति पनि हर्ष खुशी र उमंग थियो त्यो भने भएन, बाध्यताले पर्ब मनाएको आवज धेरै बाट सुनियो । लगत्तै अर्को रमाईलो चाड छठ पर्व पनि नजिकिदै गएको छ ।


विशेष गरी तराई बासीले महिनौ दिनसम्म उपासना गरी नदीहरूमा गई सूर्यलाई अर्ग दिदै पुजा गरेका दृश्यहरू निकै चाख लाग्दा देखिन्थे । चिन्ताको बिषय यो हो कि दशै र तिहार जस्तै यो पर्व पनि सुनसान नै रहने त होइन ?


सुनसान नरहोस पनि कसरी ? बिश्वभर फैलिरहेको कोभिड १९ (कोरोना)महामारीले सबैतिर आतंक मच्चाईरहेको छ । लाखौ नागरिक सक्रंमित छन । हजारौंले ज्यान गुमाइरहेका छन् । प्रदेश देखि देश सम्म र देशका (नेपाल) ठुला शहर हुदै गाउँ गाउँ सम्म पनि यसको प्रभाव नराम्रो सग परेको छ । सचेत भई सजगता अपनाउनु र सुरक्षित रहनुको बिकल्प छैन ।


यसर्थ मनभरी पिडा बोकी मुटु गाँठो पारी पारी भएपनि चाडपर्व आउदा जहाँ छौ त्यही बसौ, बाँचिएछ भने अर्को साल सगै मनाउला भन्दै आफन्तहरूको आगमनलाई समेत पहिले नै बार लगाउनु पर्ने बाध्यता सिर्जना भएको यथार्थ हो । हामी नेपाली तथा हिन्दुधर्मालम्बीहरूको चाडमा मात्र कोरोनाले असर पुर्याएको भने होइन । यसले त संसार भरका हरेक जातजाती, भाषाभाषी, धर्म लिङ्ग, हरेक संप्रदायहरूमा असर पुर्याएको छ । यतीबेला मैले आफु रहेको प्रदेशी भुमिलाई नजिकबाट नियालिरहेको छु । हाम्रा महान पर्व दशै तिहार जस्तै यिनीहरूको पनि क्रिसमस पर्व नजिकै आईरहेको छ ।


तर कोरोना महामारीले हामीलाई जस्तै यहाँ का नागरिकहरूलाई पनि नराम्रोसग थिचेको छ । चाडपर्वलाई नै मध्यनजर गर्दै पोर्चुगिज सरकारले कर्फ्यु जारी गरीरहेको छ । समय समयमा हुने लकडाउन, होटल रेष्टुरेन्ट सपिङ् सेन्टरहरूमा भिडभाड हुन नदिन गरिएका निर्देशन, ५ जना भन्दा बढी भेला हुन र कुनै पनि औपचारीक कार्यक्रम नगर्न भनी जारी गरेका निर्देशनहरू र बढ्दो कोरोना महामारीको संक्रमणले क्रिसमस पनि घरभित्रै सिमित हुने संकेत देखिन्छ ।


देश भित्रै हुनेहरु त रमाउन नपाएको यो प्रतिकूल समयमा प्रदेशमा हुनेहरूको पिडा झनै कस्तो होला एक पटक कल्पना गरौ त । रहरले वा वाध्यताले जे जसरी प्रदेशिए पनि जन्मभूमि र आफन्तको सम्झनाले सधै प्रदेशीहरूलाई पिरोलिरहेको हुन्छ । चाडपर्व आउदा त झनै केही गरी पनि मन समाल्न सक्ने स्थिति नै रहदैन ।

कतिपयलाई बिदा मिल्दैन के चाड के नचाड पत्तै हुदैन । कतिपयले साथीभाई भेला भई चाड मनाउने प्रयत्न गरे पनि खुशी भने पटक्कै मिल्दैन ।

प्रबिधि ले साथ दिए फोन वा भिडियो कल गरी आफन्त सग बोलेर, फोन राखी सकेपछि मुटु मिचिमिचि आशुको ढिका खसाल्दै, खुशी हुने प्रयास गरिरहेका हुन्छन् ।


निधारमा सप्तरङ्गी टीका गलामा माला लगाएर चिटिक्क परी फेसबुक मा फोटो पोष्ट गर्ने साथीलाई सोधे , तिहार रमाईलो भएछ है टिका पनि लगाउनु भएछ । एक छिन रोकिएर गहभरि आँसु पार्दै मसिनो स्वरले जवाफ आयो के मनाउनु छ र बिदेशमा पनि, सबै आफन्तसगै भए पो रमाईलो हुन्छ । रमाउने प्रयास मात्र गरेको के गर्नु ५ बर्ष भैसक्यो घर छोडेको यो पटक त जसरी पनि जाउँला भनेको थिए यस्तै भो ।


साच्चिकै जब जब चाडपर्व आउछ मनमा खल्लो महसुस हुने गर्छ । लाग्छ, यस्तो मलाई मात्र हुने होइन सबैलाई यस्तै हुन्छ। हो चाड त्यति बेला चाड जस्तो लाग्ने गर्छ जति बेला परिवार का हरेक सदस्यहरुको उपस्थिति रहन्छ । आफन्तहरू सँग को भेटघाट हुन्छ । ईष्टमित्र साथीभाई हरू सग को जमघट हुन्छ । आपसी माया ममता स्नेह र सद्भाव आदनप्रदान हुन्छ । हो त्यति बेला सारा थकान र पिडा भुलेर मनमा छुट्टै किसिमको हर्ष खुशी आनन्द, उत्साह र उमंग छाउँछ । तब मात्र साच्चै चाड आए जस्तै लाग्छ ।

तर बिडम्बना यस्तो कमै मात्र हुने गर्छ , पछिल्लो समय अध्ययन, ब्यपार, ब्यबसाय र रोजगारी को शिलशिलामा गाउँदेखि शहर पस्ने र शहरदेखि प्रदेशीनेहरूको संङ्ख्या दिनप्रतिदिन बढ्दै गएको बर्तमान अबस्थामा कोरोना महामारीले झनै सबै आफन्तलाई टाढा गराइदियो । हाम्रा महत्वपूर्ण चाडपर्वहरु जनैपूर्णिमा, श्रीकृष्ण अष्टमी, हरितालीका, दशै, तिहार, छठ, फागु लगायत बिभिन्न जातजाती ले मनाउने हरेक पर्बहरूले धार्मिक , सास्कृतिक, सामाजिक र पारिवारिक रूपमा नै महत्वपूर्ण भूमिका खेलिरहेका छन् । यसर्थ पनि जब जब चाडपर्व आउछ तब तब हामी आफ्ना प्रियजनहरूलाई बढी खोजिरहेका हुन्छौ । संसारमा हुनेलाई मात्र होइन संसार छाडेर जानेहरूको सम्झनाले समेत मुटु बिझाईरहेको हुन्छ । रोक्न
छाडेर जानेहरूको सम्झनाले समेत मुटु बिझाईरहेको हुन्छ । रोक्न खोज्दा खोज्दै पनि आँशुको भेल रोकिँदैन । अनि चाडपर्व नै खल्लो हुने गर्दछ । हो यसैगरी कोरोना महामारीले दिएको पिडा र बिभिन्न बाध्यात्मक परिस्थितिले गर्दा नमिठो अनुभूति, न कुनै उत्साह न कुनै उमंग फेरि पनि बिदा भए यो बर्षका दशै तिहार ।


धन्यबाद

सचेत बनौ सतर्क रहौ
त्रसित र आतंकित नबनौँ
कोरोना सक्रंमित लाई मानवीय ब्यबहार गरौ

images
प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - ०५:११:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend