Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गीत ✍ गोम बिक्रम

गीत ✍ गोम बिक्रम

नेप्लिज डायस्पोरा

७, मंसिर २०७७
images
गीत ✍ गोम बिक्रम

 


हामी सफल कहाँ हुन्छौं, छरिएर रहँदासम्म
एकताले जुटे जित्छौं, मुटुमा रगत बहँदासम्म


तिम्रो आगन भत्किएमा, मैले आई टाल्नुपर्छ
अँधेरो छाए मेरो घर, तिमीले बत्ती बाल्नुपर्छ
सुख- दु:ख बरोबरी, सँगै कदम चाल्नुपर्छ
एकताको बलमा सधै, होस्टेमा हैंसे हाल्नुपर्छ

हामी सफल.....

विश्वविजेता नेपालीको, आलो रगत सुक्नुहुन्न
संकट परे अस्तित्वमा, स्वाभिमानले झुक्नुहन्न
जस्ता कुटील खेल रचून, विवेकी छौ चुक्नुहुन्न
अगाडी बढ्ने पाइलाहरू, अब कहिले रुक्नुहुन्न ।

हामी सफल.....


कल्लाबारी, पाल्पा ।

images
प्रकाशित मिति :मंसिर ७, २०७७ आइतवार - ०६:२६:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend