न उत्साह न उमंग फेरि बिदा भए दसैं तिहार
गरिबलाई ऋणमा घेरि बिदा भए दसैं तिहार ।
कोभिड -१९ कोराेनाकाे महामारी जताततै
मान्छे मरेकाे रमिता हेरी बिदा भए दसैं तिहार ।
फूल फुलेन, जमरा उम्रेन,चङ्गा उडेनन् कतै
तर पनि नटेरी नटेरी बिदा भए दसैं तिहार ।
दाजु परदेश, दिदी- बैनी माइत न मावली
सबैतिर पीर व्यथा बेरी बिदा भए दसैं तिहार ।
- बगनासकाली -३ पाल्पा