मुक्तक - १
भ्रष्ट शोषक सामन्तीहरूले राज जमाएर बसेका छन्
अाफ्नो स्वार्थ पूर्तिको निम्ति कुर्सी बचाएर बसेका छन्
भाषणले नेपाललाई स्विट्जरलैंड बनाउँछाै भन्नेहरूले
बर्षाै बितिसक्यो देशलाई बन्धक बनाएर बसेका छन् ।
मुक्तक - २
खुलेयाम हुन्छ काटमार कहिले बन्द होला ?
करोडाैँ अर्बौंको भ्रष्टाचार कहिले बन्द होला ?
नियम कानून त केवल कागजमा मात्र सीमित
दिनदिनै बढ्दैछ बलात्कार कहिले बन्द होला ?
मुक्तक - ३
कसरी बन्छ देश स्वार्थीहरू सत्तामा छन्
यिनकै झाेले कार्यकर्ता अड्डा-अड्डामा छन्
बाहिर आदर्शवादीका जस्तै कुरा छाँटेर
भित्रभित्रै देश खाेक्राे बनाउने धन्दामा छन् ।
मुक्तक -४
बोलेको कुरा कहिल्यै पनि व्यवहारमा उतार्न सक्दैनन्
अरूको चिन्ता गर्नेले अाफ्नै जिन्दगी सुधार्न सक्दैनन्
जसले अाकाशका जून तारा झार्नेसम्मका गफ दिन्छन्
उनैले भुइँको जाबो एउटा माखो समेत मार्न सक्दैनन् ।
मुक्तक -५
मिल्दाखेरि कुरा दुवै पक्ष खुब चाटाचाट हुन्छ
अकस्मात् बिग्रिन्छ सम्बन्ध अनि काटाकाट हुन्छ
कसम मलाई केही नेता र पशु उस्ता उस्तै लाग्छ
कुकुरले मासु नेताले पद पाए एक्लै चल्ने अाँट हुन्छ ।
- हाट - १ बैतडी ।
हाल : प्रवास