Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

लघुकथा : विधिकाे सास -विदुर चालिसे

लघुकथा : विधिकाे सास -विदुर चालिसे

images
लघुकथा : विधिकाे सास  -विदुर चालिसे

सडकमा नारा थियाे । टेबलमा फाइलकाे चाङ थियाे । गम्भीरलालले आफ्नाे दया निदान मालिकलाई भन्याे, "हजुर ! त्याे लुरे कामी रहेछ !"
"कस्ताे सुकुल परेछ ! धाक मात्रै ठूलाे ।"
"जन्म कुण्डली कस्ताे छ त्यस्काे ?"
"सुनेसम्म अलि खराब छ !"
मालिकलाई निकै अौडाहा भयाे । उनले अर्काे आदेश फुकेर माैखिक ताेक लगाइदिए ।
"अर्काे चुकुलवालाकाे टेण्डर खाेल्नु त के छ ?"

कारिन्दाकाे खुसीकाे माैसम बदलियाे । बल्ल बल्ल अलिअलि मिलाएर फ्रेस अक्सिजन लिन खाेजेकाे थियाे । फाेक्साे घ्यार घ्यार हुन थाल्याे । बिस्तारै ज्वराे एक सय आठ डिग्रीमा चढ्याे । तर पनि टिक्नु त पर्याे । जब कारिन्दाले चुकुलवालाकाे फाइल खाेले तब उसकाे कमजाेरी केलाएर मालिकलाई रिपाेर्ट गर्याे ।
"हजुर ! चुकुल त कडै देखिन्छ तर अरू सबै कुरा जिराे !"
"अनि कुरा मिल्या छ कि छैन ?"
"हजुर ! याे त माथी माथीकाे कुरा हाे । कसरी थाहा पाऊँ !"
--"लाै ! त्यसाे भए यसकाे फाइल पेण्डिङ राख !"
कारिन्दा अलमल्ल पर्याे र केही दिन फाइल थन्क्यायाे । फेरि एकदिन फाइल खाेलियाे तर फेरि पनि अर्काे दिन बन्द गरियाे । एवम् रितले फाइल खाेल्ने, पल्टाउने र उल्टाउने मात्रै काम हुन थालेपछि ठेक्काकाे जिरहमा दिनानुदिन प्रश्न उठ्न थाल्याे, "काे हाे बिजुलीकाे सास ?"

सुनसान मृत सहरमा नारा लगाउने भद्रहरू थिए । उनीहरूमा निकै शङ्का, संशय र आराेप थियाे । अपरिवर्तनीय आकाश पनि थियाे । धरती, वायु, जल, प्रकृति एवं माैसम सबै थिए तर उनीहरूसँग छल कपटकाे कुनै जवाफ थिएन । एउटै विकल्प मात्रै थियाे ।
--"माैनताकाे खेती र सन्नाटामा चालबाजी !"
जब बजारमा घुम्न जान्थेँ । हरेक पसलका धिपधिपे इन्भर्टरसँग बिजुलीकाे मृत सास अड्किरहेकाे देख्दथेँ । झिपझिप गरिरहेका हर किराना पसलहरूमा गृहिणीहरूकाे भीडभन्दा पनि टाइसुट लगाएर बिजुलीकाे सासकाे ब्रिफिङ्ग गरिरहेका आलुचाहरूलाई देखिरहन्थेँ । जब सहर, बजार, अफिस, टाेल तथा घरमा उज्यालाेकाे चर्चा सुन्थेँ । सबैले एकै स्वरमा भनेकाे सुनेर वाक्क हुन्थेँ ।
"इमान्दार मान्छेकाे याे देशमा काम छैन !"
अलिपर फेरि जमघटतिर लाग्थेँ । मलाई चिन्नेहरू आँखा तरि तरि सुनाउँथे ।
"सबै चाेर, जाे, जुन जाेगी आए पनि कानै चिरिएका !"
मनकाे बिजुलीकाे सास चाहीँ यहीनेर गएर राेकियाे ।
--"अरूकाे चर्चा किन गरिरहुँ अब।"
सडक पेटीकाे वालहरूमा चाहीँ महावाणीहरू लेखेकाे देखेँ ।
--"विधिकाे शासन !"
अनि मैले एक्लै विधिकाे सास फेर्न शुरू गरेँ ।

अस्तु ।

काठमाण्डौ, नेपाल ।

images
प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - ०६:०९:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend