अमेरिका ।
अमेरिकाका नेपालीहरुको सबैभन्दा पुरानो र जेठो संस्था एसोसिएसन अफ नेपालिज इन अमेरिकाज (एएनए) को हालै सम्पन्न निर्वाचनबाट इञ्जिनियर विजयराज भट्टराईको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ ।
निर्वाचित भट्टराईले संस्थाका सदस्यहरुको विश्वासप्रति खुशी ब्यक्त गर्दै धन्यवाद दिएका छन। नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाईंसंगको फोन सम्पर्कमा नवनिर्वाचित अध्यक्ष भट्टराईले एएनएलाई अमेरिकाका नेपालीको भावना अनुरुप अगाडी बढाउने बताए। "एएनएको मूल उद्देश्य नेपाली पहिचानको रक्षा गर्ने भन्ने छ। मेरो कार्यकाल त्यही दिशामा केन्द्रित हुनेछ।" अध्यक्ष भट्टराईले बताए।
"अमेरिकामा रहेका सबै संघ संस्थाहरुसंग सहकार्य गर्ने र मिलेर अगाडी बढ्ने मेरो योजना छ।" भट्टराईले बताए।
अमेरिकामा सफल ब्यबसायीका रुपमा नाम कमाएका इञ्जिनियर विजयराज भट्टराई लामो समयदेखि नेपाली समुदायको हीतमा सक्रिय छन्।
एएनएका वर्तमान अध्यक्ष खगेन्द्र अधिकारीले नवनिर्वाचित अध्यक्ष भट्टराईलाई २०२१ को जनवरी १ देखि नेतृत्व हस्तान्तरण गर्ने कार्य योजना छ ।
भट्टराईको नेतृत्वमा १० सदस्यीय समिति बनेको छ। जसमा, वरिष्ठ उपाध्यक्षमा विजय श्रेष्ठ निर्वाचित भएका छन् । एएनए निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त भक्त थापाद्वारा प्रकाशित निर्वाचन नतिजाअनुसार उपाध्यक्षहरुमा डाक्टर तुल्सी धरेल (क्यानडा) शैलेन्द्र बहादुर खत्री (पूर्वीय क्षेत्र) , डाक्टर दुर्गा दाहाल (पश्चिमी क्षेत्र), महासचिवमा डा. चुणामणि खनाल, सहसचिवमा बिनय गौतम, कोषाध्यक्षमा डा. उषा शर्मा, सहायक कोषाध्यक्षमा राधा कृष्ण धमला, युवा संयोजकमा लक्ष्मणलाल प्रधान निर्वाचित भएका छन् ।
समितिका सदस्यहरुमा भने निर्वाचित अध्यक्षले मनोनयन गर्ने एएनएको विधानमा उल्लेख छ ।