Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

शान्ति अधिकारी अर्यालका पांच मुक्तकहरु

शान्ति अधिकारी अर्यालका पांच मुक्तकहरु

नेप्लिज डायस्पोरा

१०, पौष २०७७
images
शान्ति अधिकारी अर्यालका पांच मुक्तकहरु


मुक्तक


हे बुद्द ! अब राष्ट्र हाँक्न सक्ने नायक पठाइदेऊ
राष्ट्रप्रेमको गाना गाउन सक्ने गायक पठाइदेऊ
विश्वास छैन अब यिनीहरू माथी देखाईसके पारा
गर्वका साथ जनताले मेरो सरकार भन्न लायक पठाइदेऊ ।

लागेको थियो पाँच बर्षमा देशको मुहार फेरिन्छ
बार बार गल्ती गर्छन फेरी यिनकै निर्णय टेरिन्छ
कति मूर्ख बनाउँछौं जनतालाई हे नेतागण हो
होशियार अब सडकदेखि सदनसम्म घेरिन्छ ।

समृद्धिको नारा जप्दै ढुकुटी सबै लुटीसके
निराश बनाई जनतालाई एक आपसमा छुटिसके
निहित स्वार्थ पूर्तिको निम्ति भ्रम मात्र छर्छौ किन ?
एकताको नाटक रची छिनभरमै फुटिसके ।

देश आजै सक्यौँ भने कुर्ची खोस्न जान्छौं कहाँ?
जनतामा भ्रम छरी छरी झुट्टा कसम खान्छौं कहाँ
अरे केही समय त जोगाएर राख न देशलाई
बास नै उठ्ने भयो भने तिम्रा नातेदार लान्छौ कहाँ?


स्वार्थ भन्दा देखेनौ केही सरम कता लुकेको छ ?
छैन पेट भर्न गरिबलाई ओठ मुख सुकेको छ
एकपछि अर्को गर्दै वितण्डा सधै मच्चाउछौं
स्वाभिमानी मान्छे हजुर देश मलाई दुखेको छ ।

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - ०६:०५:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend