Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

अमेरिकामा मस्तिष्क खाने अमिबा फैलिँदै

अमेरिकामा मस्तिष्क खाने अमिबा फैलिँदै

नेप्लिज डायस्पोरा

१०, पौष २०७७
images
अमेरिकामा मस्तिष्क खाने अमिबा फैलिँदै

 

वासिंगटन (एजेन्सी)

कोरोना भाइरस संकटबीच अमेरिकामा अत्यन्त तिब्र गतिमा मस्तिष्क भक्षण गर्ने घातक अमिबा नेग्लेरिया फाउलेरी फैलिरहेको छ । यो अमिबा अब दक्षिण राज्यहरु हुँदै अमेरिकाको उत्तरी राज्यसम्म फैलिरहेको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको एक प्रतिवेदन अनुसार यो अमिबा अब विस्तारै बिस्तारै उत्तरी राज्यहरुमा बढिरहेको छ ।

हाल अमेरिकाको मध्यवर्ती पश्चिमी राज्यहरुमा पनि नेग्लेरिया फाउलेरी अमिबाको केस देखिएको छ । यसमा मिनिसोटा, कन्सास र इन्डियानामा ६ जना विरामी देखिएका छन् । कुनै ब्यक्ती यो अमिबाबाट दुषित पानी पिउनुले मात्र पनि अमिबा नेग्लेरिया फाउलेरीबाट संक्रमित नहुने सीडीसीले जनाएको छ ।

मानव मस्तिष्क खाने यो जिवाणु सामान्य तयार माटो, तातो पानी पोखरी, नदी तथा तातो जलधारामा पाइने वैज्ञानिकहरुले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । नेग्लेरिया फाउलेरी घातक हुने गरेको सीडीसीले जनाएको छ । सन् २००९ देखि सन् २००१८ सम्ममा यो जीवाणुबाट ग्रसित हुने ३४ घटना आएका थिए ।

सन् १९६२ देखि सन् २०१८को बीचमा १४५ जना यो जीवाणुबाट ग्रसित भएको र ती मध्य ४ जनामात्र बाँच्न सफल भएका थिए । यसबाट संक्रमित मान्छेको मस्तिष्कमा घातक संक्रमण हुने गर्छ । सेन्ट्रल अफ डिजिज कन्ट्रोलका अनुसार मानिसहरु यस प्रकारको अमिबाको सिकार पौडी खेल्ने क्रममा हुन्छ ।

जब नेग्लेरिया फाउलेरी अमिबा कसैको नाकमा प्रवेश गरी उनीहरुको मस्तिष्कसम्म पुग्छ र मस्तिष्कको कोषिकाहरु खान थाल्छ । यस प्रकारका अमिबाको सम्पर्कमा आउने ९७ प्रतिशत बच्न कठिन हुने बताइएको छ । सीडीसीले नेग्लेरिया फाउलेरी अमिबा हरेक बर्ष ८ दशमलव २ माइलका दरले उत्तर तर्फ बढिरहेको जनाएको छ । यो जीवाणु ठीकसँग रेखदेख नपुगेका स्विमिंग पुल र कारखानाबाट निस्कासन हुने तातो पानीमा हुने सीडीसीले जनाएको छ ।

न्युज अफ नेपालबाट

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - ०७:२८:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend