Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

भारतीय सुपरस्टार रजनीकान्त अस्पताल भर्ना

भारतीय सुपरस्टार रजनीकान्त अस्पताल भर्ना

नेप्लिज डायस्पोरा

१०, पौष २०७७
images
भारतीय सुपरस्टार रजनीकान्त अस्पताल भर्ना

 

मुम्बई । सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन् । हाई ब्लड प्रेसरका कारण उनी हैदराबादको अपोलो अस्पताल भर्ना भएका हुन् । अस्पतालमा उनी डाक्टरको निगरानीमा रहेको समाचार एजेन्सीले जनाएका छन् ।

रजनीकान्त शुक्रबार बिहान अस्पता भर्ना भएका हुन् । उनी बिगत १० दिनदेखि हैदराबादमा एक फिल्मको सुटिङ गरिरहेका थिए । रजनीकान्तको फिल्म सुटिङ सेटका ८ सदस्यमा हालै कोरोना भेटिएको थियो ।


सुटिङ युनिटमा कोराना देखिएपछि रजनीकान्तले पनि २२ डिसेम्बरमा कोरोना टेष्ट गराएका थिए । उनको रिपोट भने नेगेटिभ आएको थियो । अहिले उनको शरिरमा कोरोनाको केहीपनि लक्ष्यण देखिएको छैन । तर पनि उनको ब्लड प्रेसरमा धेरै उतारचढाप आएको छ । सोही कारणले पनि उनी अस्पताल भर्ना भएका हुन् ।

रजनीकान्त आफ्नो तमिल फिल्म ‘अन्नथे’को सुटिङका लागि हैदराबाद आएका थिए । फिल्म युनिटका ८ सदस्यमा कोरोना पोजेटिभ देखिएपछि फिल्मको सुटिङ अहिले रोकिएको छ । फिल्ममा रजनीकान्तले केयरफुल भाईको भूमिका निर्वाह गर्दैछन् । फिल्म नयाँ बर्ष २०२१ मा रिलिज हुनेछ ।

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - १९:१८:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend