Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

युरोपको पोर्चुगलमा कोरोना बिरूद्धको खोप लगाउन शुरु

युरोपको पोर्चुगलमा कोरोना बिरूद्धको खोप लगाउन शुरु

नेप्लिज डायस्पोरा

१२, पौष २०७७
images
युरोपको पोर्चुगलमा कोरोना बिरूद्धको खोप लगाउन शुरु

लिस्बन, पोर्चुगल

युरोपको पोर्चुगलमा आजबाट कोरोना बिरूद्धको खोप लगाउन शुरु भएको छ । साओ -जो आओ हस्पिटल पोर्तोका रोग नियन्त्रण शाखाका निर्देशक ६५ बर्षीय आन्तोनियो सर्मेन्तोले लगाएको एनआरएनए पोर्चुगलले संस्थाको आधिकारिक फेसबुक मार्फत जानकारी दिएको छ ।
एनआरएन पोर्चुगलको फेसबुकमा लेखिएको छ :

बिषय : जानकारी सम्बन्धमा ।

आदरणीय पोर्तुगलबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु;

पोर्तुगलमा आजबाट पहिलो पटक कोरोना बिरुद्धको खोप लगाइएको छ। साओ -जोआओ हस्पिटल पोर्तोका रोग नियन्त्रण शाखाका निर्देशक ६५ वर्षिय आन्तोनियो सर्मेन्तोले लगाएका थिए भने उक्त कोरोना विरुद्धको पहिलो फाइजर भ्याक्सिन सोही हस्पिटलकि एक कार्यरत नर्स आना इजाबेल रिबेइरोले स्वास्थ्यमन्त्री मार्ता तेमिदोको उपस्थितिमा दिएकि थिइन् । शनिबार पहिलो चरणमा करीब ३ लाख डोज भ्याक्सिन पोर्चुगल आइपुगेको हो।

यहाँको पत्रिका "कोरियो दा मान्या" मा जनाए अनुसार आज बाट देशका मुख्य प्रभावित क्षेत्र पोर्तो , लिस्बोनको केन्द्र तथा उत्तरि खण्ड, कोईम्ब्रा लगायतका स्थानहरुमा भ्याक्सिन लगाउन शुरु गरिंदै छ। पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षा कर्मी ,प्रहरी अधिकृत एबम दिर्घरोगि तथा प्राथमिकताका आधारमा निशुल्क रुपमा उक्त भ्याक्सिन लगाइने भएको हो।

करिब १ मिलियन मानिसहरुलाई जनवरी र मार्चको अन्तिम साता सम्ममा र ५० बर्ष माथीका प्रभावित मानिसहरुलाई करिब ४ लाख डोज, फेब्रुअरीमा ४,२९,००० र मार्च सम्ममा करिब ४,८७,५०० डोज निशुल्क बितरण गर्ने योजना रहेको बताईएको छ।

त्यस्तै दोश्रो चरणमा ६५ बर्ष माथीका डाइबिटिज र अन्य दिर्घरोगीहरुलाई लक्षित गरेर करिब १.८ मिलियन मानिसहरुमा भ्याक्सिन दिइने जनाएको छ। साथै तेस्रो चरणमा करिब १०.५ मिलियन जनालाई सो भ्याक्सिन दिइने छ। स्मरण रहोस्, पोर्तुगिस सरकारले यस अघि नै करिब २२ मिलियन डोज भ्याक्सिन खरिद प्रक्रियामा यूरोपियन स्वास्थ्य एजेन्सीहरु मार्फत भाक्सिन खरिद सम्झौतामा समेत हस्ताक्षर समेत गरिसकेको छ।

तसर्थ आशा छ उक्त कोरोना विरुद्धको भ्याक्सिन छिट्टै तपाईं हामी सम्पूर्ण पोर्तुगलबासी गैर आवासीय नेपालीहरुका बिचमा पनि आउने बिश्वास ब्यक्त गर्दै तत्पश्चात यस फाइजर भ्याक्सिन को प्रयोगले हामीलाई पनि कोरोनाबाट आजसम्म आउदै गरेको त्रासदीपूर्ण बाताबरणबाट मुक्ति पाउन सहयोग गर्नेछ भन्ने आशा एबम बिश्वास व्यक्त गर्दछौं ।


धन्यवाद ।
गैर आवासीय नेपाली संघ, (NRNA) एनआरएन पोर्चुगल ।

images
प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - २३:२८:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend