एनआरएनए अमेरिकाका सल्लाहकार तथा पुर्व अध्यक्ष केशव पौडेलले एनआरएनएको बिशेष महाधिबेशनको आवश्यकता नभएको बताउनु भएको छ। "वर्तमान सन्दर्भमा यसको औचित्य नै छैन।" एनआरएनए आइसीसीको गत निर्वाचनमा उपाध्यक्ष पदका उमेद्वार पौडेलले भन्नुभयो,"यस बिषयमा अहिलेको कार्यसमितिले प्रक्रिया पनि पुरा गरेको छैन।"
नेप्लिज डायस्पोराको जोग संजोग कार्यक्रममा सतीश चापागाईसंगको कुराकानीमा एनआरएनए नेता पौडेलले उक्त धारणा ब्यक्त गर्नु भएको हो।
"काठमाडौँको अधिबेशन सम्पन्न भएको तीन महिनामा गर्न म्यान्डेड हो। त्यो समयमा केहि गर्नु भएन तर अहिले अनेक तिकडम गरेर आफ्ना निहित स्वार्थ पुरा गर्न बिशेष महाधिबेशनको आव्हान गरिएको छ।" पौडेलले भन्नुभयो।
"हामी बिशेष महाधिबेशनको बिरोधी होइनौं तर जुन प्रक्रियाबाट उहाँहरुले आव्हान गर्नुभएको छ, त्यसको बिरोधी हौँ।" कुराकानीका क्रममा डाक्टर पौडेलले भन्नुभयो, "आईएसका पदाधिकारीहरु र आइसिसिको बोर्डमा सल्लाह नै नगरेर, त्यहाँबाट पारित नै नगरी बिशेष महाधिबेशनको आव्हान गर्नु संकास्पद छ।"
वर्तमान कार्य समितिका केहि जिम्मेवार पदाधिकारीहरु संस्थालाई कब्जा गरेर आफू खुशी नियम बनाएर संस्थाको नेतृत्व पालैपालो आफुहरुले मात्र गर्न खोजेको पनि एनआरएनए नेता केशव पौडेलले आरोप लगाउनु भयो।
कुराकानीकै क्रममा आइसीसीले एनसिसि अमेरिकालाई खारेज गर्न तयारी भईरहेको बिषयमा पौडेलले यो असम्भव भएको बताउनु भयो।
"एनआरएनए अमेरिकालाई खारेज गर्नु पर्ने कारण छैन र गर्नु पनि हुदैन। सबै एनसीसीहरु आइसीसीको नियम भित्र रहेर आफ्ना देशको कानुन अनुसार चलन स्वायत्त छन।" पौडेलले भन्नुभयो।
पत्रकार सतिश चापागाईंको अभिनय रहेको यो म्युजिक भिडियो हेर्नुहोस।