Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

आँखामा आँसु छल्किएपछि ! - मिना चौलागाइ (५ मुक्तकहरू)

आँखामा आँसु छल्किएपछि ! - मिना चौलागाइ (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

१६, पौष २०७७
images
आँखामा आँसु छल्किएपछि !  - मिना चौलागाइ (५ मुक्तकहरू)

 

मुक्तक-१.

दिलभित्र सुकेको खरमा झैँ डढेलो सल्किएपछि
खुशी फुल्ने मनको चौतारीमा पिर पल्किएपछि
कसरी फुलाऊँ ओठमा मुस्कान तिमीले भन्दैमा
तिम्रै कारण यी आँखामा आँसु छल्किएपछि !

मुक्तक-२.

जीवनका सारा निराशा पल्टाउनु छ
दुनियाँले मानेका तमासा पल्टाउनु छ
अरुकै खुशी सोच्दासोच्दै कति दुखी हुनु
अब आफ्नै खुशीको पासा पल्टाउनु छ !

मुक्तक-३.

खराब आचरणको विनाश हुनुपर्छ
मान्छे हुन त मानवता खास हुनुपर्छ
धेर जलेपछि त खरानी हुने मात्र हो
खारिने नै हो भने अभ्यास हुनुपर्छ !

मुक्तक-४.

कुक्क बाडुल्की लाग्दा पनि सम्झियौ होला भन्छु
धरमराउँदा यता मन अलिकति पियौ होला भन्छु
सम्झनाका लहरहरू समुन्द्रका छाल जसरी उर्लदा
पठाउँछु मनभरिको माया पक्कै लियौ होला भन्छु !

- पाँचखाल , काभ्रे ।

१५ पुस २०७७


पत्रकार सतिश चापागाईंको अभिनय रहेको यो म्युजिक भिडियो हेर्नुहोस।

 

 

 

 

 

 

 

 

images
प्रकाशित मिति :पौष १६, २०७७ बिहिवार - ०७:१५:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend