Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

महीको प्यास मेटिदैन - गोम विक्रम (५ मुक्तकहरू)

महीको प्यास मेटिदैन - गोम विक्रम (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

१६, पौष २०७७
images
महीको प्यास मेटिदैन   - गोम विक्रम (५ मुक्तकहरू)

मुक्तक - १

कहीं महल लिफ्ट चढ्ने, कहीं झुपडी लिस्नु छैन
कहीं गोदाम टन्न कतै, अन्नको दानो पिस्नु छैन
कुन आँखाले हेरि बसूँ ?, कुन शब्दले केरि बसूँ ?
कोही घरमा वियर ह्विस्की, कहीँ खोले सिस्नु छैन ।


मुक्तक - ३

करूणा-धर्म आत्मियता छ, प्रेमले गास रेटिदैन
छल-कपट बेइमान त, गाउँलेको पास भेटिदैन
देश-विदेशमा जहाँ डुल, शहरतिर जति भुल
गाउँकै आटो-ढिँडो प्यारो,महीको प्यास मेटिदैन ।

मुक्तक -४

दैवि प्रकोप अनिकालले, हाडछाला भै ढले पनि
कोही र केही नहुनेलाई, जिम्मेवारले छले पनि
आफूलाई कतै नपरेसम्म, आफन्त कतै नमरेसम्म
महललाई के सुर्ता भो, झुपडी सारा जले पनि ।

मुक्तक -५

कमी छैन केहीको कहिले, उस्तै भरिला गोजी छ कहीं
कल्पवृक्ष झैं कल्पे पुग्ने, सुविधा रोजी रोजी छ कहीं
दैवी प्रकोप र महामारी, सरकार छैन सरोकारी
भोक नलाग्ने ओखतीको, बिचरा अझै खोजी छ कहीं ।

✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७७ पौष १५


पत्रकार सतिश चापागाईंको अभिनय रहेको यो म्युजिक भिडियो हेर्नुहोस।

images
प्रकाशित मिति :पौष १६, २०७७ बिहिवार - ०७:१९:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend