Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

स्पेनबाट नेपाली भाषाको अन्लाईन 'स्पेननेपाल डटकम' शुरु

स्पेनबाट नेपाली भाषाको अन्लाईन 'स्पेननेपाल डटकम' शुरु

नेप्लिज डायस्पोरा

१९, पौष २०७७
images
स्पेनबाट नेपाली भाषाको अन्लाईन 'स्पेननेपाल डटकम' शुरु

स्पेनमा रहेका नेपालीहरुको सक्रियतामा 'स्पेननेपाल डटकम' को प्रकाशन शुरु भएको छ। स्पेनका नेपालीहरुको उपस्थितिमा स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पाले यो अन्लाईनको शुभारम्भमा गर्नुभएको थियो।

"प्रवास बसाईको करिब २ दशकको अवधिमा मैले गर्न खोजेको, गर्न प्रयास पनि गरेको र निरन्तरता दिन नसकेको यो एउटा काम लाई आज निरन्तरता दिन पाउदा धेरै खुसी लागेको छ ।" प्रकाशक रितेश श्रेष्ठले प्रकाशकीयमा लेख्नुभएको छ।

"हामीले कुनै विचार र पक्षको वकालत नगरी सबै पक्षको कुरा राख्ने निश्पक्ष थलोको रुपमा यसलाई अगाडि बढाउने प्रतिवद्धता ब्यक्त गर्दछौ " सम्पादक कमल पराजुलीले सम्पादकीयमा लेख्नुभएको छ।

अबदेखि स्पेनका खबरका लागी व्व्। सप हेर्न सक्नु हुनेछ। "हामी भासिएका होइनौं, फैलिएका हौँ" भन्ने नारा सहित डायस्पोराको नेपाली गतिबिधिलाई नजिकबाट हेरिरहेको नेप्लिज डायस्पोरा डटकम स्पेन नेपाल डटकम परिवारलाई बधाई र शुभकामना ब्यक्त गर्दछ।

 

पत्रकार सतिश चापागाईंको अभिनय रहेको यो म्युजिक भिडियो हेर्नुहोस।

 

images
प्रकाशित मिति :पौष १९, २०७७ आइतवार - ०५:५४:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend