नमस्ते आधुनिक लघुकथा मञ्चको "लघुकथा सँगसँगै मानवसेवा" भन्ने कार्यक्रम अन्तर्गत चितवनको राप्ती नगरपालिका वडा नं. १३ मा लक्ष्मी प्रतिष्ठानद्वारा सञ्चालित " कुमार-बलराम स्मृति छात्रवासलाई ५० हजार बराबर सामाग्रीहरू सहयोग गरेको छ ।
वितरित सामग्रीहरूमा सिरक - १० थान, डसना -१० थान र तकिया २० थान सहित कान्दा पुर्याउन लाग्ने ढुवानी खर्च रू. ३०००/- समेत छात्रावासका इन्चार्ज मनोज श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।
लक्ष्मी प्रतिष्ठानद्धारा सञ्चालित छात्रवासमा अहिले पनि १ सय ३० भन्दा बढी चेपाङ तथा तामाङ जातिका विपन्न बालबालिकाहरू आश्रित रहेका छन् ।
पौष १८ गते राप्ती- ८ को आधारभुत विद्यालय, बजरहट्टीमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा लघुकथा वाचन पनि गरिएको थियो । सो कार्यक्रममा मञ्चका अध्यक्षले खाद्यान्न सामाग्री दिने योजना हुँदा-हुँदै अहिलेको लागि अति आवश्यक रहेको सिरक डसना दिइएको बताउनु भयो । उहाँले यस्ता सहयोगहरू निरन्तर रहने बताउनु भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशरण डल्लाकोटी, प्रध्यानाध्यापक मीठू कुमारी पाठक, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । मञ्च मार्फत जन्मोत्सव, वैवाहिक वार्षिकोत्सव र अन्य पूण्य तिथिको अवसरमा सहयोग गर्नु हुने सहयोगी व्यक्तिहरूलाई पुष्प गुच्छा दिएर सम्मान पनि गरिएको थियो ।
न्यानो कपडा हस्तान्तरण कार्यक्रमलाई अझ न्यानो महसुश गराउने उद्देश्यले आधुनिक लघुकथा मञ्चका लघुकथा वाचक लक्ष्मण भट्टले लघुकथा वाचन पनि गर्नुभएको थियो ।