यही सोच्नु सोचे ह्रदय मात्र भावुक हुने हो
विना बाउआमा भुरा कत्ति नाजुक हुने हो !
पथिक टाढिदैमा रुनैपर्छ भन्ने कहाँ छ ?
तिनै सम्झिने हो जहाँनेर भुलचुक हुने हो !
सदनभित्र सुन्थे र आवाज कसले मलाई
बुझी राख मेरो कलम भोलि बन्दुक हुने हो !
कठै! भन्न अवसर दिने छैन यो याद राख्नु
मनाही जता छन् त्यतै उड्न उत्सुक हुने हो !
कुनै दिन गुलामीहरू हैसियत राख्न सक्छन्
जहाँ छैन संयम समय एक चाबुक हुने हो !