Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

रवीन्द्र मिश्रलाई प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकारले सीमामा बस्न भने

रवीन्द्र मिश्रलाई प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकारले सीमामा बस्न भने

नेप्लिज डायस्पोरा

२६, पौष २०७७
images
रवीन्द्र मिश्रलाई प्रधानमन्त्री ओलीका प्रमुख  सल्लाहकारले सीमामा बस्न भने

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले सीमामा बस्न भनेर लेखेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा मिश्रले गरेको एउटा ट्वीटमा कमेन्ट गर्दै रिमालले नेता तथा पुर्व पत्रकार मिश्रलाई यसरी सीमा सुझाएका हुन् ।

शनिबार साँझ मिश्रले लेखेका थिए- "कस्तो समय आयो! पूर्वप्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्री/राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्‍याली आह्वान गर्दा हजारौं सरिक हुने। अब अति भो!"

मिश्रको यहि ट्विटमा प्रधानमन्त्रीका सल्लाहकार रिमालले लेखे,"सीमामा बस्नुस् रवीन्द्र जी! तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन। यतिचाहिँ भनूँ- मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ।


पत्रकार सतीश चापागाईंको मार्मिक कविता "विमानस्थलमा बा!" भिडियोमा। एकपटक अवश्य हेर्नुहोस !

images
प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - ०७:१५:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend