Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

आज २३ औं भूकम्प सुरक्षा दिवस मनाइँदै

आज २३ औं भूकम्प सुरक्षा दिवस मनाइँदै

Madhuri

२, माघ २०७७
images
आज २३ औं भूकम्प सुरक्षा दिवस मनाइँदै



काठमाडौं । ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित आज २३ औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।

यो दिवस हरेक वर्ष माघ २ गते मनाइँदै आएको छ । भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २३ वर्षदेखि माघ २ गतेलाई ‘भूकम्प सुरक्षा दिवस’ का रूपमा मनाउने गरिएको हो ।

यसवर्ष मध्यपुर नगरपालिका थिमिको बोडेमा रहेको कुमारी पार्कमा भूकम्प सुरक्षा दिवस मनाउन लागिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । दिउँसो हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने छ । भूकम्प सुरक्षा दिवस मुल आयोजक समितिका संयोजक गृहमन्त्री रामबहादुर थापा रहनुभएको छ ।

यसैबीच, २३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरणलाई दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले विपद् जोखिम न्यूनीकरणका लागि प्राथमिकता र लक्ष्यका आधारमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - ०९:०७:४८ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend