Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूत नियुक्त

लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूत नियुक्त

images
लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूत नियुक्त

 

काठमाडौँ : पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूत नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई सोमबार राजदूतमा नियुक्त गरेकी हुन् ।

रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए र सोही दिन उनलाई मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको थियो ।

उनीसँगै सिफारिस हुने अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा थिए । खतिवडा यसअघि नै राजदूत नियुक्त भइसकेका छन् । उनी आगामी २३ गते अमेरिका जाने बताइएको छ । बेलायत र अमेरिका दुवै मुलुकमा राजदूत भने अझै फर्केका छैनन् ।

 

images
प्रकाशित मिति :माघ ५, २०७७ सोमवार - १९:१८:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend