Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अन्तर्राष्ट्रिय महिला खुल्ला कविता प्रतियोगिता हुने

अन्तर्राष्ट्रिय महिला खुल्ला कविता प्रतियोगिता हुने

Madhuri

२१, माघ २०७७
images
अन्तर्राष्ट्रिय महिला  खुल्ला  कविता प्रतियोगिता हुने

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले विश्व महिला खुल्ला कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको कुरा सहर्ष बताउदै समितिको सन्योजक उर्मिला निर्दोषीले अनेसासको इतिहासमा यो पहीलो विश्व महिला प्रतियोगिता हुन लागेको जानकारी दिनुभयो।

अन्तर्राष्ट्रिय महिला दिवशको अवशर पारेर आयोजना गर्न लागिएको यो प्रतियोगिता “ सन्तुलन र साथै शव्च्छ समाज निर्माणमा“ महिलाका सृजनाहरू र सोचहरूका बिषयहरूले समाजमा महत्वपूर्ण भूमिका खेल्ने र यो आवश्यक भएको कुरा पनि समितिको सन्योजक उर्मिला निर्दोषीले जानकारी गराउनुभयो।

प्रतियोगिताका लागि दुई सय शव्दसम्मको कविता पठाउन समितिले अनुरोध गरेको, महिला जनजीवन माथि लेखिएको कवितालाई विशेष प्राथमिकता दिइने , र प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने छ भने द्वितीय र तृतीय हुने कवितालाई क्रमशः तीन सय र दुई सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने कुराको समेत समितिको सन्योजक उर्मिला निर्दोषीले जानकारी गराउनुहुदै कविता मा २० मार्च २०२१ सम्ममा प्राप्त भइसक्नु पर्ने हदम्याह रहेको पनि जानकारी गराउनुभयो ।

प्राप्त कविताहरू मध्येबाट निर्णायक समितिले छनोट गरेको उत्कृष्ट कवितालाई १८ अप्रिलमा आयोजना गरिने कार्यक्रममा वाचन गराइने कुरा समेत समितिको सन्योजक उर्मिला निर्दोषीले जानकारी गराउनुभयो।

“आमाहरू हरेक बच्चाका पहिलो शिक्षकहरू, हरेक महिलाहरू गृहश्थीका मुटुहरू र महिलाहरू नै समाजका
मेरूदन्डहरू हुन् र महिलाका सृजनाहरू समाजका दर्पणहरू हुन र महिलाहरूका अन्तर भावनाहरू सामाजिक पथपर्दशकहरू पनि हुन भन्ने कुरा समितिको सन्योजक उर्मिला निर्दोषीले जानकारी गराउनुभयो र यस्तो प्रतियोगिता समय समयमा अरू सस्थाहरूले पनि गर्नुपर्ने महत्वमा जानकारी गराउनुभयो।

 

images
प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - २३:२४:५० बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend