Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

शैलेश श्रेष्ठले भन्नुभयो : "सदस्य त बन्नै पर्छ"

शैलेश श्रेष्ठले भन्नुभयो : "सदस्य त बन्नै पर्छ"

नेप्लिज डायस्पोरा

३, फाल्गुण २०७७
images
शैलेश श्रेष्ठले भन्नुभयो : "सदस्य त बन्नै पर्छ"

-शैलेश श्रेष्ठ
एनआरएनए अमेरिकाको निर्वाचन निजिकिदै गर्दा सदस्यता लिने र लिन आग्रह गर्नेको क्रम बढ्दो छ। एनआरएनएको बारेमा बेला बेलामा लेख र विचार लेखिरहने शैलेश श्रेष्ठले संस्थालाई सही मार्गमा लैजान र संस्थाप्रति अपनत्व ग्रहण गर्न पनि सबै नेपालीले सदस्य हुनुपर्ने विचार ब्यक्त गर्नु भएको छ।

नेप्लिज डायस्पोराको कार्यक्रम जोग सन्जोगमा बोल्दै श्रेष्ठले एनआरएनए अमेरिका कालो कोठाबाट बाहिर आएपनि सर्बसाधारणको मतबाट चलन नसकेको आरोप लगाउनु भयो।

"सहि नेतृत्व निर्माण गर्ने दायित्व हामी सबै एनआरएनहरुको हो। सदस्य बनेर मात्र यो सम्भव छ।" श्रेष्ठले भन्नुभयो। 

तपाईलाई एन आर एन एको बारेमा धेरै नकारात्मक कुरा मात्र लेखेको आरोप छ। संस्थाले गरेका सकारात्मक कामहरुको किन प्रशंशा गर्नु हुदैन ? भन्ने प्रश्नमा श्रेष्ठले यसमा सत्यता भएको र अब आफुले सकारात्मक कुरालाई पनि लेख्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो।

जोग सन्जोग कार्यक्रममा आउनु पुर्व श्रेष्ठले सार्बजनिक गर्नुभएको फेसबुक स्टाटसमा यस्तो लेख्नु भएको थियो :

एनआरएनए अमेरिकामा स्वामित्व लिउँ भनेर मैले आह्वान गर्न थालेको सात बर्ष टेकेछ। डेलिगेट्स प्रथा मार्फत छ कि छैनको हैसियतमा केही सिमित मानिसहरुको खल्तीमा बन्द भएको यो संस्थालाई बाहिर ल्याउने अभियानमा संचारकर्मीको नयाँ वस्त्र पहिरिनु भन्दा अघिनै म क्रियाशील भएको रहेको मानिस हूँ।

अघिल्लो सत्रमा सुपरिवेक्षण समितिको सदस्यको जिम्मेवारी सहित काम गर्ने अवसर र चुनौती पाएपछि मैले बैक्तिगतरुपमै मेरा अग्रज-अनुज संचारकर्मी साथीहरुलाई केन्द्रको सिन्डिकेट र अमेरिकामा आरम्भदेखि भएको दलगत राजनैतिक चलखेल र "आदा" हरुको अनैतिक हस्ताक्षपकारी गतिबिधि र थप क्रियाशीलतालाई तोड्न बृहत सहभागी होऔं भन्ने बिनयशिल आह्वान गरेको थिएँ।

एनआरएनए अमेरिकाको त्यस्ता दलगत खेल र षडयन्त्रबाट वाक्क दिक्क भएका मेरा कैयन संचारकर्मी मित्रहरुले "ल ठिकै छ नि त तिमी भित्र छौं तिम्रो मन राख्नै भएपनि यसपाली सदस्यता लिई दिन्छु" भनेका थिए। त्यसो भन्ने मध्य मेरा साथी नेपालका स्थापित पत्रकार प्रदीप भट्टराई पनि थिए भने अन्य केहीले संस्थापनले गराएको सर्वर ईररका कारण अन्तिम अवस्थामा सदस्यता लिन सकेनन। संचारकर्मी सच्ची मैनालीले सदस्यता लिईनन, अर्का संचारकर्मी ज्योति कुमार श्रेष्ठ "कागलाई बेल पाक्यो हर्ष न बिस्मात" भन्दै पन्छन्छन अझ एक कदम अघि बढेर उनी त "कुकुरको पुच्छर बाह्र बर्ष ढुङ्ग्रोमा राखे नि सोझिदैन" भन्छन।

मेरा अनन्य भाइ अभिनव अधिकारी परोक्षरुपमा एनआरएनए अमेरिका बिषयका पोस्टहरु ट्याग नगर्नु भन्छन। अर्का स्थापित पत्रकार राजेश मिश्र जसलाई म मेरो साथी भन्ने हक राख्दछु उ त मैले यसरी एकोहोरिए बोलेको, सम्प्रेषणका बहस गरेको अनि निरन्तर लेखेको देखेर म संग आगो ओकल्दै रिसाउँछन। हामी सबैका अग्रज आदरणीय श्याम कार्की दाइ पनि मैले अनावश्यकरुपमा समय खर्चिएको ठान्नु हुन्छ र त्यो समय र उर्जा अन्यत्रै लगाउन सुझाव दिनु हुन्छ।

मेरा अर्का स्नेही भाइ संचारकर्मी योगेश आदी "आ दाई पनि" भन्दै मेरो कुरालाई एब्सट्राक मुस्कानमा टारीदिन्छन | मलाई संचार क्षेत्रमा आउन अभिप्रेरित गर्ने संचारकर्मी मित्रहरु किशोर पन्थी र प्रदीप परियारमा पनि सस्था प्रति खासै "ईन्थुजियाज्म" देख्दिन।

तर यसपाली भित्ताको क्यालेन्डर मात्र फेरिएको छैन मेरा साथीहरुको विचारमा पनि परिवर्तन आएको छ। आफु नाङ्गो भएर सर्वाङ्ग यथार्थ लेख्ने ससंग लामा आफु सदस्य बनेको खबर लेख्दै "आदा" मुक्त एनआरएनए अमेरिका बनाउन कसिएर लागेका छन भने ज्योति कुमार श्रेष्ठहरु सदस्यसम्म चाँही बन्ने परिवर्तित मुडमा छन।
प्रदीप परियार "आगो" लेख्न थालेका छन।नुन चिनी पानीका संचारकर्मी भाइ अर्जुन दाहाल यो अभियानमा आगो बनेर आएका छन। "साथी मैले नि सदस्यता लिएँ है" भनेर मेरा साथी राजेश मिश्रले फोन गर्छ कि भनेर पर्खी बसेको छु।

मेरो तर्क यत्ति अनि त्यत्ति हो सदस्य भए नि नभएनी हामी नेपाल सरकारको परिभाषामा एनआरएन हौँ। उसो भए दलगत स्वार्थ र गुटबन्दीमा लिप्त "आदा" हरु र बिभिन्न धन्दामा सामेल बद्नामहरुलाई किन खाली चेकमा हस्ताक्षर गरेर दिने। हामीलाई नतृत्व गर्ने नेता असल र सक्षम हुनु पर्दैन र?

 

 

 

 

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - ०१:११:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend