Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

सदस्यता लिनेको उत्साहपूर्ण सहभागिताले खुशी छु -डाक्टर केशव पौडेल

सदस्यता लिनेको उत्साहपूर्ण सहभागिताले खुशी छु -डाक्टर केशव पौडेल

नेप्लिज डायस्पोरा

३, फाल्गुण २०७७
images
सदस्यता लिनेको उत्साहपूर्ण सहभागिताले खुशी छु -डाक्टर केशव पौडेल

 

एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष तथा वर्तमान प्रमुख संरक्षक डाक्टर केशव पौडेलले एनआरएनए अमेरिकामा सदस्य बन्ने सबै जनाप्रति धन्यवाद ब्यक्त गर्नुभएको छ।

"सदस्यता लिनेको उत्साहपूर्ण सहभागिताले म खुशी छु" नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाईंसंग कुरा गर्दै डाक्टर पौडेलले भन्नुभयो। संस्थाले राम्रो काम गर्दै गएको कारण नै साधारण एनआरएनहरुको यो संस्थाप्रति आकर्षण बढ्दै गएको छ।

संस्थालाई अझै उचाईमा लैजान र सबैको साझा बनाउन सबैले आ-आफ्नो ठाउँ बाट सक्रिय हुनु पर्दछ। यसको प्रारम्भ सदस्यता लिएर हुन्छ। अहिलेको उत्साहले मलाई खुशी मिलेको छ। एनआरएनए अमेरिकामा ४ बर्ष अध्यक्ष भएर काम गरेका डाक्टर पौडेलले भन्नुभयो।

"फेब्रुअरी १५ सम्ममा सदस्यता लिनुहुन म अमेरिकामा रहनु भएका सबै नेपालीहरुमा हार्दिक अनुरोध गर्दछु।" डाक्टर पौडेलले आग्रह गर्नुभयो।

एनआरएनए अमेरिकाको सदस्यता बितरण अभियानको पछिल्लो जानकारी अनुसार फेब्रुअरी १३ तारिख साझसम्ममा सदस्य संख्या कुल १४ हजार १७ पुगेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - ०२:२८:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend