Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

खबरदार दुईतिहाई ! -हेमराज भट्ट

खबरदार दुईतिहाई ! -हेमराज भट्ट

नेप्लिज डायस्पोरा

१२, फाल्गुण २०७७
images
खबरदार दुईतिहाई ! -हेमराज भट्ट


लोकतन्त्र भनेको बिधीको शासन र कानुनी राज्य नै हो भन्ने बिश्वब्यापी मान्यतालाई स्थापित गर्दै नेपालको (कार्यपालिका) कार्यकारीको सनकको प्रहारबाट मुर्छित ब्यबस्थापिका (संघिय संसद) प्रतिनिधि सभा बिघटनलाई (न्यायपालिका) सम्मानित सर्वोच्च अदालतले बदर गरिदिएको छ। सर्वोच्च अदालतको यो निर्णयले संबिधान र कानुन भन्दा माथि कोही रहेनछ भन्ने नजिरलाई बलियो पार्दै थप मजबुँद बनाएको छ।

नेपालको पछिल्लो राजनीतिक गतिबिधी र घटनाक्रमले कम्युनिष्टहरु लोकतन्त्रप्रति बफादार हुदैनन्, भन्ने कुरालाई थप पुष्टी गरेको छ। सत्ता र शक्तिको उन्माद अनि सत्ता र शक्ति प्राप्तको निम्ति दुईथरी कमरेडहरुको लडाईले हुँदा खॉंदाको झन्डै दुईतिहाई हाराहारीको आफ्नै बहुमत रहेको संघिय संसदलाई बिघटन गर्दै आम नेपाली जनताको अभिमतलाई कुल्चिएको छ। कोरोना कहरको चपेटामा परेका नेपाली जनतालाई राहत दिनुको सट्टा देशलाई थप समस्याहरुको भुमरीमा धकेल्दै छन्।


कम्युनिष्टहरुमा पलाएको अस्वाभाविक शक्तिको दम्भ र आशक्तिले प्रधानमन्त्री ओलीमा निहित असंबैधानिक, अलोकतान्त्रिक, अराजनीतिक, अनैतिक, अब्यबहारिक, अराजक र अपरिपक्क राजनैतिक असक्षमताको उपजबाट निस्किएको कच्चि निर्णयको परिणाम हामीहरु संधै यस्तै यस्तै अनावश्यक समस्याहरुको चंगुलमा फस्दै आएका छौ, फसिरहन्छौ।नेकपा डबल भित्रको आन्तरिक खिंचातानी र कटुताको शिकार किमार्थ नेपालको शासन ब्यबस्था र लोकतान्त्रिक संबिधान हुनै सक्दैन। नेपाली कॉंग्रेसको नेतृत्वमा बनेको संबिधानको रक्षा गर्ने प्रमुख अभिभारा पनि नेपाली कॉंग्रेसको नै हो।

त्यसैले नेपाली कॉंग्रेसको शीर्ष नेतृत्व, केन्द्रीय कार्य समिति र बिभिन्न तह र तप्काको नेतृत्व गर्नुहुने सबैखाले नेताहरु र लोकतन्त्रबादी आम कॉंग्रेसजनहरुको मन, मत र मञ्च एउटै बनाउँदै कमरेड खड्ग प्रसाद ओली नेतृत्वको दुईतिहाई बलियो कम्युनिष्ट सरकारले गरेको असंबैधानिक कदमलाई सच्यॉंउन बुलन्द आवाज निकाल्दै जनमतलाई बलियो बनाऔं।


नेपाली जनताहरुको सातदशक लामो बलिदानपुर्ण संघर्षहरु र पटक पटकको आन्दोलनहरुको उपलब्धीको रुपमा स्थापित यो ब्यबस्थाको भावाना र मर्म भनेको बिधीको शासन र कानुनी राज्य नै हो। (कार्यपालिका) कार्यकारीको सनकको प्रहारबाट मुर्छित बनेको ब्यबस्थापिका (संघिय संसद) प्रतिनिधि सभालाई (स्वतन्त्र न्यायपालिका) सम्मानीत सर्वोच्च अदालतले नेपालको संबिधान बि.सं. २०७२ ले कार्यकारी प्रमुख/ प्रधानमन्त्रीलाई दिएको संबैधानिक अधिकारको दायरालाई अक्षरस ब्याख्या गर्दै संबैधानिक जटिलताको न्यायिक ढंगबाट निरुपणका साथ निष्कर्षहरु निकाल्दै प्रतिनिधि सभा बिघटनको निर्णयलाई बदर गरिदिनु हुनेछ भन्ने आशा राखेको छु। यसैमा नै सिंगो देश, लोकतन्त्रप्रेमी सारा नेपाली जनता र नेपाली कॉंग्रेस अनि आम कॉंग्रेसीहरुको जित साथै हित हुनेछ।

जय नेपाल ! शुभ रहोस् !!!

अमेरिका

 


सतीश चापागाईंको बहुचर्चित कविता विमानस्थलमा बा !

 

images
प्रकाशित मिति :फाल्गुण १२, २०७७ बुधवार - ०५:०४:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend