Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

टर्कीबाट युरोप छिराउने “रिस्की गेम” के हो ?

टर्कीबाट युरोप छिराउने “रिस्की गेम” के हो ?

नेप्लिज डायस्पोरा

१५, फाल्गुण २०७७
images
टर्कीबाट युरोप छिराउने “रिस्की गेम” के हो ?


टर्कीबाट इलिगल रुपमा युरोप छिराउने कामलाई मानव तस्करी गर्नेहरुले कोड भाषाको रुपमा “गेम” भन्ने गर्छन । मानव तस्करहरुले इलिगलबाटोबाट युरोपियन मुलुकहरुमा छिराउनका लागि विशेषगरी पाकिस्तानी एजेन्टहरुसँग मिलेर नेपाली युवाहरुलाई टर्की ल्याउने गर्छन् ।

त्यहाँबाट समुद्री बाटो हुँदै सुरक्षाकर्मी छलेर युरोप छिराउने इलिगल कामलाई उनीहरुले “गेम” को नाम दिन्छन ।


पाकिस्तानीहरुले समुद्रीबाटो र विभिन्न देशहरुमा निजि गाडीबाट इलिगलरुपमा युरोप छिराएको २ हजार युरोसम्म लिने गरेका छन् । त्यसको सेटिङ मिलाउने नेपाली एजेन्ट नै हुन्छन् । युरोप आउनेक्रममा नेपाली नेपालीहरु यो इलिगलबाटो महिनौ लगाएर पुरा गर्छन् ।


करिब १ वर्ष लगाएर टर्कीबाट बोस्निया, ग्रीस हुँदै अहिले पोर्चुगलमा रहेका एक नेपाली युवाले यसक्रममा धेरै नेपालीहरु विरामी, घाइते र अंगभंग समेत भएको बताउँछन् ।


एनआरएनए टर्कीका अध्यक्ष घिसिङले टर्की,अमेरिका छिर्नका लागि मेक्सिको जस्तै युरोप छिर्ने ट्रान्जिट पोइन्टको रुपमा लिएर नेपालीलाई ल्याउने र अलपत्र पार्ने काम भैरहेकोले यसमा नेपाल सरकारको पनि ध्यान जान आवश्यक रहेको बताउनुभयो । उहाँले केहीले टर्कीको भिसामै रोक लगाउनुपर्ने माग गरेपनि आफु त्यसमा सहमत नभएको तर मानवतस्करले इलिगलबाटोबाट युरोप छिराउने भन्दै ल्याएर पिडित बनाउने काम बढेकोले यसलाई रोक्न प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो ।


उहाँले टर्कीबाट युराप छिर्न सजिलो नभएकोले यहाँ आउन चाहने नेपालीलाई राम्रोसँग बुझेर मात्रै आउन आग्रह गर्नु भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - ०६:५०:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend