Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नेपाली नेताहरूको दुई जिब्रे नारा, बहुरङ्गी राष्ट्रवाद !

नेपाली नेताहरूको दुई जिब्रे नारा, बहुरङ्गी राष्ट्रवाद !

नेप्लिज डायस्पोरा

१६, फाल्गुण २०७७
images
नेपाली नेताहरूको दुई जिब्रे नारा, बहुरङ्गी राष्ट्रवाद !

 

सत्तामा टिक्न साष्टाङ्ग प्रणाम, सडकमा राष्ट्रवादको हङ्गामा
कहिले ह्वाङ्ग हो को पछि हो हो, कहिले मिसिने माता गङ्गामा!

कुर्सीमा हुँदा कहिले पशुपति धाम, कहिले अयोध्यावासी राम
सत्ता ढले लाल सलाम!, अनि पुष्प कमल लिई सिधै लङ्कामा !
कहिले ह्वाङ्ग हो को पछि हो हो, कहिले मिसिने माता गङ्गामा!

सरकार हुँदा थाप्ने हात साम्राज्यवादको आशीर्वाद - एमसीसी
पदमा नहुँदा समर्थन छ अधिनायकवादी वेन्वेज्वेलाको दङ्गामा !
कहिले ह्वाङ्ग हो को पछि हो हो, कहिले मिसिने माता गङ्गामा!

खरो तातो रातो तारा सधैँ उत्तरी आकाशमा उदाउँदा
दक्षिणी क्षितिजमा पुगी अस्ताउँदा स्वयम् सूर्य तिरङ्गामा!
कहिले ह्वाङ्ग हो को पछि हो हो, कहिले मिसिने माता गङ्गामा!

दुई जिब्रे नारा, नेताको पारा, छेपाराकोनी एक जिब्रो, दुई रङ्ग
इन्द्रेणी दिदी हराइन् नेपालका नेताको बदलिँदो बहु-रङ्गमा !
कहिले ह्वाङ्ग हो को पछि हो हो, कहिले मिसिने माता गङ्गामा!

नेपालको जय होस!!


खप्तडछान्ना गाउँपालिका-५, पिठातोला, बझाङ
हालः विद्यावारिधि, युनिभर्सिटी अफ म्यासाचुसेट्स, अमेरिका,
Twitter: @BishnuJoshi999

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - १०:०७:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend