सुशील पंगेनी
बाल्टिमोर मेरील्याण्ड
'हुने विरुवाको चिल्लो पात' हाम्रा पुर्खाले त्यसै भनेका हैनन् रहेछन । यस्तै भयो यो हप्ता भर्जिनियाको मनासस सहरमा । जम्मा छ बर्षको एक नेपाली बालक सुलोक बरालले सडक छेउछाउमा फालिएका फोहोरले पार्ने असर र पृथ्बीमा त्यसको नकारात्मक असरले प्राणीमा पुग्ने क्षती न्युनीकरण गर्ने हेतुले सरसफाई कार्यक्रम सम्पन्न गरेका छन्।
पशुपंक्षीप्रेमी सुलोक सम्पूर्ण राष्ट्रका राष्ट्रिय जनावार, राष्ट्रिय पंक्षी, सबै देशका राष्ट्रिय झन्डाको पनी ज्ञाता हुन्।भर्जीनीयाको पेनींटन ट्रेडिस्नल स्कूलमा कक्षा एकमा अध्यनरत सुलोक पुस्तक पढ्न रुचाऊनुको साथै नेपाली संगीतलाई पनि औधी रुचाऊछन् ।
बाबा लोकेन्द्र बराल तथा आमा सुशीला सुबेदि बरालका छोरा सुलोकको ऊज्वल भबिष्यको हाम्रो पनि शुभकामना ।
सुलोकले सरसफाई गरेको फेसबुक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस