Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

परीक्षा (लघुकथा) -खगेन्द्र बस्याल

परीक्षा (लघुकथा) -खगेन्द्र बस्याल

नेप्लिज डायस्पोरा

३, चैत्र २०७७
images
परीक्षा (लघुकथा) -खगेन्द्र बस्याल

 

धेरै बर्षपछि भेट भए उनीहरू । सञ्चो बिसञ्चो लगायत भलाकुसारीपछि प्रसङ्ग उठ्यो अहिले के गर्दै हुनुहुन्छ ?
पहिलोले भन्यो, " म अहिले लोकसेवाको तयारीमा छु ।" दोस्रोले भन्यो, "स्नातकोत्तर परीक्षाको तयारीमा छु ।" तेस्रोले भन्यो, " नेपालमा पाइएन वैदेशिक रोजगारको तयारीमा छु ।" ती सबै कुरा सुनिरहेको चौथोलाई भन्ने खासै केही कुरा थिएन । तैपनि केही त भन्नै पर्यो ।
ऊ अक्मकिएको देखेर पहिलो, दोस्रो र तेस्रोले एकैसाथ भने, " तपाईं के तयारी गर्दै हुनुहुन्छ र ? "
उसले धाक लगाउने पुरानै बानीका साथ भन्यो, " मलाई सानोतिनो कुराको तयारी गर्ने फुर्सद छैन, देशकै अग्नी परीक्षाको तयारीमा छु ।"

- तिलोत्तमा -९ सरस्वती पथ, रुपन्देही

images
प्रकाशित मिति :चैत्र ३, २०७७ मंगलवार - २१:०७:२७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend