Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

घृणा देऊ या आघात तिम्रा घातले फरक पर्दैन - भवानी तिमल्सिना न्यौपाने (५ मुक्तकहरू)

घृणा देऊ या आघात तिम्रा घातले फरक पर्दैन - भवानी तिमल्सिना न्यौपाने (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

३, चैत्र २०७७
images
घृणा देऊ या आघात तिम्रा घातले फरक पर्दैन - भवानी तिमल्सिना न्यौपाने (५ मुक्तकहरू)

 


मुक्तक - १

मात्र भोक मेटिनुपर्छ मोटो होस् या मसिनो भातले फरक पर्दैन
सहनशिल छु जति लगाऊ वचन तिम्रा बातले फरक पर्दैन
म त मेरा आफन्तहरूकै प्रहारबाट लड्दै उठ्दै गरेको मान्छे हुँ
हो तिमी मलाई घृणा देऊ या आघात तिम्रा घातले फरक पर्दैन ।

मुक्तक - २

जीवनको के भर घरीको घरी सकिन्छ
यहाँ हरेकका ईच्छाहरू यसरी सकिन्छ
आखिर हाम्रो पनि त अन्त्य त्यही त हो
जसरी पुतली बत्तीको वरिपरि सकिन्छ ।

मुक्तक - ३

जो बस्छ यो मनभित्र ऊ खास लाग्ने रहेछ
आओस् हर रात सपनीमा आस लाग्ने रहेछ
मान्दैन मन बेचैन भइ अतालिन्छ त्यसै त्यसै
दूर हुँदा मनको मान्छे अत्यास लाग्ने रहेछ ।

मुक्तक - ४

बिझाउँछ आँखाका नानी बगिरहन्छ
खै किन हो यसरी नै पानी बगिरहन्छ
छाल जस्तै उतार चढाव आइरहन्छन्
नदि जस्तै त हो जिन्दगानी बगिरहन्छ ।

मुक्तक - ५

प्रेमको प्याला पिलायौ तिमीले
पीडा मनैका जिलायौ तिमीले
विपतिमा हात छोडिदिए सबले
समाई भरोसा दिलायौ तिमीले ।


- हेटौँडा-५ मकवानपुर ।

images
प्रकाशित मिति :चैत्र ३, २०७७ मंगलवार - २१:५०:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend