Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

किनबेच (लघुकथा)- बालकृष्ण गजुरेल

किनबेच (लघुकथा)- बालकृष्ण गजुरेल

नेप्लिज डायस्पोरा

४, चैत्र २०७७
images
किनबेच (लघुकथा)- बालकृष्ण गजुरेल

 

" प्याजले अाकाश छोयो । कृषि देशको हालत विदेशी साथीलाई के भनेर सुनाउनु ? " विनय कंशकार अाफूले अाफैँलाई धिक्कार्दै थिए ।

"सबै मिलेर व्यापारीको गोदाममा छापा हानम साथी हो ।" युवराज लामाले वडाबासीलाई नयाँ उपाय सुनाए ।

प्राय:जसो व्यापारीहरूले कृत्रिम अभाव देखाएर पहिलेदेखि नै यसै गरी सताएका थिए । राजधानीबासीहरू पीडामा थिए । पूरा वडाका नागरिक बटुलिएर गोदाम छापा हान्ने निर्णय भयो । प्रहरीलाई पनि सूचित गरियो । गोदाम खोज्दै सम्बन्धित ठाउँमा पुगे ।

"लौ ! सटर तोड्नु पर्यो प्रहरी ज्यूहरू " वडाबासीले प्रहरी अधिकृत सामु अनुरोध गरे ।

प्रहरीले सटर तोड्यो । गोदामभित्र प्याज नै प्याज देखिपछि वडावासीहरू अचम्मित भए । गोदाम सँगैको होटलबाट ठूलो स्वरमा अावाज निस्कँदै थियो । अावाज द‍ोहोरियो ।

- "२० करोड दिन्छु, हुन्छ भन्नूस् ! "
- "के को २० करोड? अर्को समूहले २५ करोड दिन्छु भन्नु भाको छ । "

सबै जना करोड- करोडको बोली सुनेर अचम्म भए । विनय कंशकार र अरू युवा मिलेर हत्तपत्त गोदामबाट होटलसम्म देखिने गरि सानो प्वाल पारे । प्वालबाट चियाउँदा विनय कंशकार तीन छक्क परे । अाफूले चिहाइ सकेपछि अरूलाई पनि चियाउन अाग्रह गरे । वडाबासीले पालै पालो होटलभित्र चिहाए । प्रहरीले पनि चिहायो । अन्त्यमा प्रहरी लज्जित भयो । "

धारे हातले अाफैँलाई धिक्कार्दै प्रहरी अधिकृत बोले - " संसद किनबेच हुने देशमा प्याजको कृत्रिम अभाव किन नहुनू ? यी बिक्रीका वस्तुहरूले कुरो नमिल्दा मात्र प्रहरीलाई दुःख दिँदा रहेछन् ।"

- हेलम्बु -६, सिन्धुपाल्चोक
१३ फाल्गुन २०७७

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - ०४:२०:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend