Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मनो राग (कविता) -कृष्ण कुमारी छेत्री

मनो राग (कविता) -कृष्ण कुमारी छेत्री

नेप्लिज डायस्पोरा

४, चैत्र २०७७
images
मनो राग (कविता) -कृष्ण कुमारी छेत्री

पोथीको क्वार्क्वार् बिना
भाले बासेको कहाँ छ र ?
सूर्यको किरणबिना
हिमाल हाॅसेको कहाँ छ र ?

जङ्गलबिना मयुर नाँचेको
कहाँ छ र
वृद्धवृद्धाबिना संस्कार
बाँचेको कहाँ छ र ?

युवा-युवतीबिना आशा साँचेको
कहाँ छ र ?
अबोध शिशुबिना
समग्र हाँसेको कहाँ छ र ?

मायाबिना छाँया बनिएको
कहाँ छ र ?
छाँयाबिना मानवको
प्रमाण कहाँ छ र ?

यसो र एक अर्कामा
मिलेर जिउनु हो
दु:ख-सुखमा एक अर्काको
मन सिउनु हो

यति एकताको सङ्केतबिना
मानव हुनुको गर्व र सार्थक के छ र ?
जहाँ बेस्सरी बकमफुसे भेलामा
राजाको मात्र बिहे छ र ??

- चुङथुङ टी इ दार्जिलिङ (भारत )

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - ०४:२२:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend