Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

खै के को विट मार्यौ मेरो प्रेममा खोट लगाएर ? - शर्मिला श्रेष्ठ (५ मुक्तकहरू)

खै के को विट मार्यौ मेरो प्रेममा खोट लगाएर ? - शर्मिला श्रेष्ठ (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

४, चैत्र २०७७
images
खै के को विट मार्यौ मेरो प्रेममा खोट लगाएर ? - शर्मिला श्रेष्ठ (५ मुक्तकहरू)

 

मुक्तक - १

अनाहक अरूको डाहमा जल्दैछ जिन्दगी
मैनबत्ती झैं बिना अर्थ गल्दैछ जिन्दगी
समय रहँदै होश् नखुलेको परिणाम
डुब्न लागेको घाम जस्तै ढल्दैछ जिन्दगी ।

मुक्तक - २

बुढेसकालमा पाल्छु भन्नेले बगरमा छाडी गयो
पछि लिन आउँछु भन्दै फर्की नहेरी अगाडी गयो
कसले मुक्त गरिदेला अब मलाई यो नर्कबाट
सुन्दैछु आजभोली ऊ रोजगारीको लागि खाडी गयो ।

मुक्तक -३

टुक्रिँदैछन् बिस्तारै सयथुङ्गा माला पनि
बिर्सिएछन् आफ्नैको चड्कने हो गाला पनि
हिमाल, पहाड, तराई जतासुकैका हुन्
सहोदर दाजु भाइ सम्झ गोरा काला पनि ।

मुक्तक - ४

डढेको हृदय साम्य पार्न खोज्छु बोट लगाएर
पल्लवित हुनै लाग्दा जान्छौ फेरि चोट लगाएर
छेपाराले रंग फेरे झैं बद्लिने तिम्रो स्वभाव
खै के को विट मार्यौ मेरो प्रेममा खोट लगाएर ।

मुक्तक -५

आफू रित्तिएर पनि खुशी किन्न सकिएन
खुशी थियो बन्धक ऊसँग छिन्न सकिएन
लुट्नसम्म लुट्यो खुशी दिन्छु भन्ने बहानामा
चुम्बक नेतको मान्छे रैछ चिन्न सकिएन ।

- भैंसेपाटी, ललितपुर
हाल : अमेरिका

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - ०४:२५:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend