Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल- उर्वशी जेशिका श्रेष्ठ

गजल- उर्वशी जेशिका श्रेष्ठ

नेप्लिज डायस्पोरा

४, चैत्र २०७७
images
गजल- उर्वशी जेशिका श्रेष्ठ

 

किन ? सधैं झपार्नु हुन्छ, मैले केही बिराए जस्तो
कहिलेकाही त गर्नुस् मालिक यसो सम्झाए जस्तो ।

साथी ! टाढैबाट आज मगमग बास्ना आइरहेको छ
मानौं कि पाहुना आउँदा आमाले खीर पकाए जस्तो ।

छोरी के भयो ? खबरै नगरी माइतीघर आइपुग्यौं त
अँधेरो मुख छ सासु, ससुराले कुटेर पठाए जस्तो ।

एक जना डाक्टरले निहुँ खोज्यो खुब घमण्ड गर्दै
मरेर गइ सकेको मान्छेहरूलाई बचाए जस्तो ।

साहुले किचकिच गर्छ भनेर म निराश हुन्थे साहु भेट्दा
बा साहुकै सामु हाँस्नु हुन्थ्यो ऋण सिध्याए जस्तो ।


- रामेछाप- ९

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - ०४:२९:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend