एनआरएनए अमेरिकाको चुनावी सरगर्मी बढ्दै जांदा उमेद्वारहरु पनि बढ्दै गएका छन । यसै क्रममा आगामी कार्यकालको लागि सचिव पदमा अनुप खनालले उमेद्वारी घोषणा गरेका छन । अनुप सामाजिक सेवामा सधै सक्रिय युवा हुन र उनी अहिले एनआरएनए अमेरिकाको स्टुडेण्ट टास्क फोर्सको को-चेयर छन ।
नेपालदेखि नै सामाजिक संस्थाका विभिन्न पदमा बसेर सामाजिक सेवाका काम गर्ने अनुप खनालले आफु बस्ने राज्य मेरिल्याण्डका विभिन्न संस्थाहरुमा सक्रिय भएर काम गरिसकेका छन । उनी एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरमा बोर्ड सदस्य भएर काम गरिसकेका छन्।
“एनआरएनए अमेरिकाकालाई बहुसंख्यक नेपाली र युवाहरुको हितमा केन्द्रित हुने संस्था बनाउने अभियानमा सघाउने अभिप्रायले सचिव पदमा उम्मेदवारी दिएको र दोश्रो पुस्तालाई पनि समेटेर संस्थामा अगाडी लिएर जाने र नेपाली समुदायलाई एनआरएनए हामी सबैको हो भन्ने अनुभूति दिलाउन मन रहेको उनले बताए।
खनाल भन्छन् “अमेरिकामा सचिवमा पदमा मेरो दाबेदारी काम गरेर देखाउन लागी नै हो। यदि म सचिव पदमा निर्वाचित हुनसकें भने एनआरएनएको गतिविधिलाई चुस्त-दुरुस्त राख्न लागिपर्नेछु र समग्र एनआरएनएमा अब युवा तथा विद्यार्थीहरुको सहभागिता उल्लेख्य रुपमा बृद्धि गराउदै लानुपर्छ भन्ने कुराको आवाज बन्ने छु। त्यसैले म काम गर्नको लागि नै सचिव पद रोजेको हुँ”- खनाल दाबी गर्छन् ।
विदेशमा नेपालीलाई सबै कहिले कहां कसरी दुख्छ त्यो अनुपलाई थाहा छ ।बिद्यार्थी पृष्ठभूमीबाट आएका अनुपले भने, “एउटा नेपालीले विदेशको माटोमा भोग्नुपर्ने सबै दु:ख र अप्ठेराहरु भोगेर आएको छु । भोट दिनुस अमेरिकामा रहेका नेपालीका दुखमा र सुखमा एकाकार हुन र काम गर्न चाहन्छु।"
कोरोनाको महामारीमा अनुपले अमेरिकामा रहेका युवा बिद्यार्थीहरुसंग एकदम नजिक बसेर सहयोग अभियान संचालन गरेका थिए। राहत संकलन, वितरण र बिभिन्न जुम कार्यक्रम मार्फत सूचना आदान प्रदान गर्ने काममा पनि उनी सक्रिय थिए। उनले अमेरिकामा मात्र नभई कोरोना महामारीको बेला नेपालमा समेत आपत बिपतमा परेका नेपाली समुदाय र नेपाली बिधार्थीहरुलाई सहयोग गरेका थिए ।